समयको गति अविछिन्न छ । जुन आफ्नै गतिमा चलरिहन्छ । यो अविछिन्न प्रवाहलाई हामी खण्ड खण्डमा विभाजित गर्छौं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुसी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं ।
साँस्कृतकि अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका यस्तै खण्डहरू हुन् जो हाम्रो सामाजकि जीवनशैलीसँग जोडिएका छन् । समयका यी अनेक खण्डहरू हाम्रा जीवनशैली र परम्परा बनेका छन् । हामी नेपाली आज यही परम्परा र जीवनशैलीको अर्को कडीमा आइपुगेका छौँ, नयाँ वर्ष २०७९ को स्वागत गर्दैछौँ ।
वर्ष २०७८ लाई विदा गरेर आजदेखी वर्ष २०७९ लाई स्वागत गरेका छौं । वर्ष २०७८ मा राजनीतिक घटनाहरु उतारचढावमै विते । नागरिकहरुले ढुक्कले पाँच वर्ष स्थायी सरकारबाट विकासको मुहार खोजेपनि सत्ता स्वार्थमा दलहरु चुर्लुम्मै बने । बहुमत प्राप्त नेकपा तीन कित्तामा विभाजन भयो । अनअपेक्षित राजनीतिक घटनाक्रमले नागरिकहरुका आशा निराशामा रुपान्तरण भए ।
कोभिड १९ ले थिलाथिला पारेको नेपालको अर्थतन्त्रलाई उकास्ने नीति लिनुको सट्टा दलहरु राजनीतिक स्वार्थ परिपूर्ति गर्नमा केन्द्रीतहुँदा आर्थिक अवस्था झनझन नाजुक बनिरहेको त ।
सरकार सुशासनमा खरो उत्रिन नसक्दा वेथिति झनझन बढेको छ । दुई तिहाईको सरकारले समृद्धिको उच्च स्वरमा कुरा गरे पनि मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्ने काम भएको पाइएन । जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनीकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सकेनाैं ।
अपेक्षा गरौँ, सरकारले बतेका वर्षको गम्भीरतापूर्वक समिक्षा गर्नेछ । आगामी दिनमा जनस्तरबाट उठेका आवाजहरूलाई सरकारले अराजक करार गर्ने छैन । सुशासन सुदृढ गर्दै जानेछ । अपराध नियन्त्रणमा सरकार खरो सावति हुँदै जानेछ । वर्ष २०७८ का गल्तीहरू दोहोरिने छैनन् ।
आम नागरिकले आफ्ना लागि सरकार छ भन्ने अनुभूति गर्न सकून् । प्रत्येक नागरिकले आफू सुरक्षति रहेको अनुभव गर्न सकोस् । रोजगारी प्रवर्द्धन आजको मुख्य आवश्यकता हो । सरकार नारामा मात्र नरमाओस् । नयाँ वर्ष २०७९ समस्त नेपालीका लागि सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको वर्ष बन्न सकोस् । हार्दिक शुभकामना ।











नविन सुवेदी । २०७९ बैशाख १, बिहीबार