वीरेन्द्रनगरबाट लागूऔषधसहित एक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले बुधबार  बिहान ११ः१५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–९ काँक्रेविहारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–३० राँझाका २० वर्षीय इस्नोप रावत रहेका छन् । रावतलाई काँक्रविहारमा रहेको फुटबल ग्राउण्डमा लागूऔषध सेवन गरिरहेको गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी बिट लाटिकोईलीबाट खटिएको तीन जनाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रावतको शरिर खानतलासी गर्दा उनले लगाएको सेतो हाफ पाईन्टमा पलाष्टिक भित्र लुकाएर राखेको १ पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।

हाल लागूऔषधसहित रावतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया