वीरेन्द्रनगरमा पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल फरार

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिएको छ । बुधबार साँझ साढे ७ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१० घुस्राबाट बाजर तर्फ जादै गरेको मोटरसाइकले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री २१ वर्षीय रिता विसीलाई ठक्कर दिएको हो । मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री विसी गम्भीर घाइते भएकी छिन् ।

उनको हाल वीरेन्द्रनगर–६ मा रहेको देउती अस्पताल प्रा.लिमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल फरार रहेको छ भने प्रहरीद्धारा खोजीकार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया