वीरेन्द्रनगरमा आफ्नै पेटमा हतियार प्रहार गरी घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा २० वर्षीय एक युवकले आफ्नै पेटमा हतियार प्रहार गरेका छन् । प्रहरीका अनुसार जाजरकोट घर भई वीरेन्द्रनगरमा बस्दै आएका २० वर्षीय युवकले धारिलो हतियार प्रहार गरि घाइते भएका हुन् ।

 

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति १० बजेको समयमा जाजरकोट छेडागाड नगरपालिका–१० का २० वर्षीय चन्द्रबहादुर थापाले आफ्नै पेटमा धारिलो हतियार प्रहार गरि घाइते भएका छन् ।

उनको हाल देउती अस्पताल प्रा.लिमा उपचार भई रहेको छ । थापा वीरेन्द्रनगर नगरपालिका–३ यरीचोक नजिक कोठा भाडामा बस्दै आएका थिए । तर, उनले आफ्नै पेटमा धारिलो हतियार (चक्कु) प्रहार किन गरे भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया