प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणा अनुसार अघि बढेको बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन् ।


मुख्यमन्त्री शाहीले विसं २०७८ साल कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्य अनुसार प्रगति हुन नसकेको उल्लेख गरे । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसंग समन्वय गरेर महत्वपूर्ण कामको सुरुवात गरेको उनको भनाई छ ।

सन्देशमा भनिएको छ, “सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन्, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसंगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ । ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबीचको सहकार्य र सह–अस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको छ ।”
मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसंगै सबैले समयको महत्व बुझेर प्रदेशको विकासमा योगदान पु¥याउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया