सस्तो मूल्य र आकर्षक प्याकेजसहित भायनेट अब सुर्खेतमा

सुर्खेत । नीजि इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि सेवा विस्तार गरेको छ । सस्तो मूल्य र आकर्षक प्याकेज ग्राहकलाई उपलव्ध गराउनेगरी वीेरेन्द्रनगरमा सेवा शुरु गर्न लागेको हो ।


वीरेन्द्रनगरमा अन्य इन्टरनेट सेवाप्रदायक प्रभावकारी नभएको बेला भायनेटको विस्तारले ग्राहकको विश्वसा जित्ने अपेक्षा गरिएको छ । भायनेटको औपचारिक रुपमा सेवा आइतबारदेखी शुरु गर्न लागि भायनेट सुर्खेतका प्रमुख डिकेन्द्र थापाले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार इन्टरनेट जडान गरेका सेवाग्राहीलाई २४ सैं घण्टा सेवा प्रवाह गरिनेछ । वीरेन्द्रनगर क्षेत्रको अलायचौरबाहेक उपत्यका सबै ठाउँमा ईन्टनरनेटसहित नेट टेलिभिजन सेवा प्रवाह गरिने थापा बताउँछन् ।

ग्राहकरुहको मागअनुसार २५ देखी ३०० एमविपिएससम्म प्याकेज लिन सक्नेछन् । मुख्यगरी तीन प्याकेज तय गरेको भायनेटले अल्ट्रा फी १२५ टिभी प्लसमा १२५ एमविपिएसको नेट सेवा ग्राहकले लिन सक्नेछन् । यो प्याकेजको मासिक एक हजार चारसय, तीन महिनाको चारहजार ५० र वार्षिक १३ हजार दुईसय रुपैयाँ रहेको छ ।

यस्तै, भायनेटले अल्ट्रा फी १७५ टिभी प्लसमा १७५ एमविपिएसको प्याकेजको मासिक एक हजार ५५०, तीन महिनाको चार हजार पाँचसय र वार्षिक १५ हजार रुपैयाँ छ । यो प्याकेजमा ग्राहकले दुई सेटमा नेट टिभी चलाउन पाउनेछन् । तर भायनेटले अल्ट्रा फी २५० थ्रीटिभी प्लसमा २५० एमविपीएससहित मासिक एक हजार नौ सय, तीन महिनाको पाँच हजार ५५० र वार्षिक १८ हजार रुपैयाँ पर्नेछ ।

सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस सुरुवात गरेको हो । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल सुर्खेतसहित २२ जिल्लाका २४ शहरमा सेवा विस्तार गरेको छ । ३९ ओटा अप्रेशन सेन्टर रहेको भायनेटको ४४ ग्राहक सेवा केन्द्र छन् ।

तपाईको प्रतिक्रिया