एमाले अध्यक्ष ओली कर्णाली आउँदै

सुर्खेत । नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली आउँने भएका छन् । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा आइतबार गरिएको बृहत आमसभालाई सम्बोधन गर्न कर्णाली आउँन लागेका हुन् ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार एमाले हुम्लाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्नको लागि ओली कर्णाली आउँन लागेको जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायतका नेताहरुको सहभागी रहने छन् ।

यस्तै शाहले हुम्लामा प्रमुख राजनीतिक दल माओवादी केन्द्र र नेपाली काँग्रेस, समाजवादी र विप्लब पार्टीबाट स्थानीयदेखि केन्द्र स्तरका दर्जनौं नेता तथा कार्याकर्ताहरू प्रवेश गराउँने योजना समेत रहेको जानकारी दिए ।

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरख बोगटीले बृहत् आमसभामा आइतबार बिहान ११ बजे हुम्लाको सिमिकोटमा हुने जानकारी दिए ।

उनका अनुसार उक्त दिन दिउँसो २ बजेको समयमा हुम्लाकै अदानचुली गाउँपालिकामा कार्यक्रमको आयोजना गरिएको छ भने कार्यक्रमको लागि तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया