दुल्लुमा खरले छाएको घरमा आगलागी

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३ मा खरले छाएको कच्ची घरमा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय दुल्लुका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा आगलागी भएको हो ।

दुल्लु नगरपालिका–१३ मा रहेको धना टमटाको २ तले ४ कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको हो । प्रहरीका अनुरसार आगो उक्त प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट मानवीय तथा चौपाय क्षेती भएको छैन्, भने घरको माथिल्लो तला र घर भित्र भएको अन्नपात, लत्ता कपडा र भाडाकुडा सबै जलेर नष्ट भएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया