सुर्खेत वाणिज्य संघ निर्वाचन : मतदानका लागि तयारी पूरा

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकाे लागि आइतबार हुन लागेकाे निर्वाचनकाे सबै तयारी पूरा भएकाे छ । बिहान ८ बजेदेखि हुन लागेकाे मतदानका लागि मतदान स्थलको तयारी पूरा भएको  निर्वाचन समितिले जनाएकाे हाे । मतदान वीरेन्द्रनगर नगरपालिका-६ मा रहेकाे सीटी हलमा ताेकिएकाे छ ।

एकै पटक २० जनाले मतदान गर्नेगरी मतदान स्थलमा बुथ बनाइएकाे निर्वाचन समितिका नन्दबहादुर भण्डारीले नेपालीरैबारलाई जानकारी दिए । ‘मतदानका लागि सबै तयारी शनिवार नै सकेका छाैं, निर्धारित समयमै मतदान शुरु हुन्छ’ भण्डारीले भने,’निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन १५ जनाकाे जनशक्ति खटिएकाे छ ‘

संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् । संघकाे नयाँ नेतृत्वका लागि २०५८ जना मतदाता रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।

तस्बीरहरू

तपाईको प्रतिक्रिया