धनजन्य सेवा समाज नेपालको अध्यक्षमा पंगेनी

सुर्खेत । धनजन्य सेवा समाज नेपालको अध्यक्षमा कृष्णप्रसाद पंगेनी सर्वसम्मत चयन भएका छन् । शनिबार वीरेनद्रनगरमा भएको समाजको छैटौं साधारण सभाले पंगेनीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा हरिभक्त रिजाल, उपाध्यक्षमा डिलर धमला, महासचिवमा देवेन्द्रप्रसाद रिजाल, सचिवमा यामप्रसाद शर्मा (रिजाल) र कोषाध्यक्षमा भलाराम पंगाली चयन भएका हुन् ।

सदस्यहरुमा दिनेश पंगाली, नविन रिजाल, बृद्धिप्रसाद रिजाल, नवराज रिजाल सर्बसम्मत चयन भएका समाजका सचिव यामप्रसाद शर्माले जानकारी दिए । यस्तै, समाजको सल्लाहकार समितिमा ओम रिजाल, कासिराम रिजाल र ऋषिराम रिजाललाई चयन गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुअ अथिति ओम रिजालले समाज तथा वंशहरूलाई एकीकृत बनाएर लैजानका लागि समाजको स्थापना गरिएको बताए । उनले भने, ‘धनजन्य सेवा समाजमा छरिएर रहेका रहेका धनजन्य वंशहरुलाई एकै ठाउँमा समेट्ने उद्देश्यले २०६२ सालमा सुर्खेतमा यस समाजको स्थापना भएको हो ।’

तपाईको प्रतिक्रिया