समाजसेवी पूर्णप्रसाद पौडेलले गरे मानसेवा आश्रमलाई सहयोग

सुर्खेत । समाजसेवी पूर्णप्रसाद पौडेले मानवसेवा आश्रालाई सहयोग गरेका छन् । वीरेन्द्रनगर १२ का समाजसेवी पौडेलले मानव सेवा आश्रम सुर्खेतमा दिवा भोजन गराएर सहयोग गरेका हुन् ।

नयाँ बर्ष २०७९ को अवसर पारेर पौडेलले आश्रममा रहेका सबै बेसहारालाई दिवा भोजन दिएर सहयोग गरेका छन् ।

एक आपसमा सहयोगी भावना सधैं रहिराख्न सकेमात्र मानव अस्तित्व रहने बताउँदै आश्रममा आश्रित ७० जनालाई एक दिनको खानामा आवश्यक पर्ने खाध्यन्न सामाग्री सहयोग गरेको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया