सुर्खेत उद्योग वाणिज्य संघको मतदान जारी, ८ सय मत खस्यो

वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया जारी रहेको छ । आइतबार बिहान करिब ९ः४५ बजेदेखि वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सिटी हलमा शुरू भएको मतदान प्रक्रिया जारी नै रहेको छ ।

३ बजेसम्म कुल २०५८ जना मत मध्ये आठ सय मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । एकै पटक २० जनाले मतदान गर्नेगरी मतदान स्थलमा बुथ बनाइएको निर्वाचन समितिका नन्दबहादुर भण्डारीले नेपालीरैबारलाई जानकारी दिए ।

निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन १५ जनाको जनशक्ति खटिएको छ । संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् ।

संघको नयाँ नेतृत्वका मतदानका लागि सुर्खेतको पश्चिम लागाम, बेतानदेखि पूर्व सिम्तासम्मका मतदाता वीरेन्द्रनगरमा आएका छन् ।

तपाईको प्रतिक्रिया