सुर्खेत उद्योग वाणिज्य संघको मतदान जारी : १८ सय बढी मत खस्याे

वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा १८ सय मत खसेको छ । जम्मा २०५८ जना मत मध्ये साँझ साढे आठ बजेसम्म १८ सय  २४ मत खसेको छ ।  सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा साढे १८ सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

आइतबार बिहान करिब ९ः४५ बजेदेखि वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सिटी हलमा शुरू भएको मतदान प्रक्रिया भने जारी नै रहेको छ ।

संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया