अपडेट :

सुउवा संघ निर्वाचन : कँडेल २४ मतले अगाडी

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगाणना जारी नै रहेको छ । अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडलेले आफ्नो अग्रता कायम नै राखेका छन् ।

७०९ मतगणना गर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले ३५७ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्कले ३३३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । खड्का भन्दा कँडेल २४ मतले अगाडी रहेका छन् ।

निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको  छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएकाे हाे ।

तपाईको प्रतिक्रिया