काँक्रेविहारमा राखिएकाे गिद्धलाई कावासाेती पठाइयाे

सुर्खेत । एक महिनादेखी सुर्खेतकाे काँक्रेविहारमा राखिएकाे गिद्धलाई नवलरपासीकाे कावासाेती पठाइएकाे छ । नेपालकै पहिलो संरक्षित वन काँक्रेविहारमा उद्धार गरिएकाे गिद्धकाे संरक्षण गर्दै आएका युवा नवराज बोहोराले सबै प्रक्रिया पुरा थप संरक्षणका लागि कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको हाे ।

वीरेन्द्रनगरको लादेमा घाइते अवस्थामा फेला परेको गिद्धलाई शुरुमा वन कार्यालय सुर्खेतले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमीहुँदा गिद्ध विरामी हुँदै गएको अवस्था आएपछि कार्यालयले संरक्षित वन काँक्रेविहारमा छोडेको थियो । काँक्रेविहारमा अलपत्र अवस्थामा रहेको गिद्धलाई युवाहरुको पहलमा युवा अभियन्ता बोहोराले स्याहार गरिरहेका थिए ।

“हामीले युवाहरुको सहयोगमा गिद्धलाई दैनिक आहार खुवाएर उपचार गर्दै आएका थियाैं,’ बाेहाेराले भने, ‘जति नै गर पनि गिद्ध उड्न नसक्ने भएपछि हामीले यसकाे थप उपचार र संरक्षणका लागि जटायु रेष्टुरेण्टमा लैजाने योजना अनुसार आज पठाउन सफल भएका छाैं । गिद्धकाे संरक्षणमा साथ दिनुहुने सबैलाई कृतज्ञता प्रकट गर्दछु ।’

तपाईको प्रतिक्रिया