सुउवा निर्वाचन अपडेट :

११ सय मतगणना गर्दा कँडेल ५५१, खड्का ५२७

२४ मतकाे अन्तर

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको ११ सय मतगणना गर्दा लक्ष्मण कँडेलले ५५१ मत प्राप्त गरेका छन भने अर्का अध्यक्षका दावेदार हर्षविक्रम खड्कले ५२७ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।

मतगणनाको परिणाम हेर्दा २४ मतकाे अन्तर रहेकाे छ । निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया