सुउवा निर्वाचन अपडेट :

अध्यक्ष पदका लागि कँडेल र खड्काबीच कडा प्रतिस्पर्धा, ३१ मतकाे अन्तर

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगाणना जारी नै रहेको छ । अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडलेले आफ्नो अग्रता कायम नै राखेका छन् ।

१२ सय मतगणना गर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले ६०२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्कले ५७१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । खड्का भन्दा कँडेल ३१ मतले अगाडी रहेका छन् ।

निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया