कर्णालीका पर्यटन मन्त्री कार्चेन चढेको गाडी दुर्घटना

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ सवार चढेको गाडी दुर्घटनामा परेको छ । सुर्खेत–दैलेख सडक खण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मन्त्री सवार गाडीलाई विपरित दिशाबाट आएको बोलेर जीपले ठक्कर दिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१४ गढीमा रहेको होटल भ्याली भ्यूमा मन्त्रालयद्वारा आयोजित योजना तर्जुमा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडीलाई विपरित दिशाबाट आएको भे १ च २४७४ नम्बरको बोलेरो जीपले ठक्कर दिएको कार्यालयले जनाएको छ ।

दुर्घटनामा सवारीमा क्षती भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा मन्त्री सवार र वोलेरो गाडीमा क्षती पुगेको छ । दुर्घटनापछि मन्त्री कार्चेन अर्को सवारीमा कार्यक्रममा गएको र बलेरो जीप चालक वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षी प्रकाश अधिकारीलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया