मृत अवस्था दुई पुरुषकाे शव फेला

सुर्खेत । हुम्ला र दैलेखमा दुई जना पुरुषकाे मृत अवस्था शव फेला परेकाे छ । दैलेखकाे नारयण नगरपालिका-४ साेत बस्ने ४७ वर्षीय वीरबहादुर कटुवालकाे प्रहरीले मृत अवस्थामा शव फेला पारेकाे हाे । गाउँमै आयाेजना भएकाे विवाहमा सहभागी भएका उनकाे अत्यधिक मादक पदार्थ सेवनबाट मृत्यु भएकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।

नारायण नगरपालिका-१० खत्रीडाँडामा कटुवालकाे मृत अवस्थामा रहेकाे खवरपछि अस्थायी प्रहरी पाेष्ट भैसीखाेरदेखी प्रहरीकाे टाेली घटनास्थलमा पुगेकाे थियाे । यता, हुम्लाकाे सिमकोट गाउँपालिका-४ बुराँसे स्थित बरगाउँ जाने सडक किनारामा अन्दाजी २९ वर्षीय लालसिंह सुनारकाे शव फेला परेकाे छ ।

सदरमुकामबाट ठेहेतर्फ जाँदै गरेको गाडीका यात्रुले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । सुनारकाे मृत्यु के कति कारणले भएकाे हाे भन्ने नखुलकाे र प्रहरीकाे टाेली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया