पराजित भएपनि व्यवसायीको हकहितमा कटिवद्ध नै रहनेछु : खड्का

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पराजित भएपनि व्यवसायीहरुको हकहितमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता हर्षविक्रम खड्काले बताएका छन् ।

संघको नयाँ नेतृत्वमा लक्ष्मण कँडेलसँग ४८ मतले पराजित भएपछि खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सुर्खेतको समग्र निजिक्षेत्रको समस्या, बिकास र समृद्धिमा म र मेरो टिम निरन्तर लागिरहने बताएका हुन् ।

संघको १३ औं कार्य समितिको लागि भएको निर्वाचनमा मेरो नेतृत्व बृहत लोकतान्त्रिक गठबन्धन साझा व्यवसायिक समुह निर्वाचनमा होमिए पनि उद्योगी व्यवसायीहरुलाइ एकतावद्ध गरेर निर्वाचनमा जाँदा लोकतान्त्रिक पद्धतीमा हार जीत स्वभाविक प्रक्रिया भएको खड्काले उल्लेख गरेका छन् ।

‘व्यवसायिको हकहित र संस्थागत समृद्धिको प्रमुख एजेन्डा लिएर चुनावी मैदानमा गएका थियौं,’ खड्काले भनेका छन्, ‘सत्यलाई स्थापित गर्न समय लाग्छ भन्ने जानकार थियौं तथापि व्यवसायीकहरुको पक्षमा निरन्तर वकालत गर्यौ र नियामक निकाय जिल्ला प्रशासनसँग पटकपटक खबरदारी गर्यौ । अन्ततः अदालतको आदेशलाई सम्मान गर्दै छोटो अवधिमा निर्वाचन होमिदा परिणाम अनुकुल आएन तर पनि बहुमत पदाधिकारी र सदस्यसहित मेरो नेतृत्वको टिम बिजयी भएको छ ।’

व्यावसायिक एकता र समृद्धिको लागि संस्था भित्र रहदा वा नरहँदा पनि सेवामा निरन्तर रहने उनको भनाई छ । टिमलाई बिश्वास गरेर आफ्नो अमुल्य मत जाहेर गर्नुहुने सिम्तादेखी लगामसम्मका मतदाताहरुलाई धन्यवाद खड्काले दिएका छन् । उनले नव निर्वाचित अध्यक्ष लगायत विजयी टिमलाई बधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया