गठबन्धनमा जुट्यो सहमति, केहीबेरमा सहमतिपत्रमा हस्ताक्षर हुने

काठमाडौँ । सत्ता गठबन्धनमा सहमति जुटेको छ । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको बैठकले सहमति गरेको हो ।

बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए । महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुन-कुन दलले साझा उम्मेदवार उठाउने भन्नेबारे नेताहरूले सहमति जुटाएका हुन् ।

सहमतिपत्रमा केही बेरमा हस्ताक्षर हुने ती नेताले बताएका छन् । भएको सहमतिअनुसार उपमहानगरको सन्दर्भमा कांग्रेसले ७ उपमहानगर पाउने छ भने माओवादी केन्द्रले २ पाउनेछ । ११ उपमहानगरमध्ये एकीकृत समाजवादी र जनता समाजवादीले भने १/१ पाउनेछन् ।

महानगरबारे हिजै नै सहमति भइसकेको छ । ६ महानगरमध्ये ३ नेपाली कांग्रेसले लिने सहमति बन्दा अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले भने समान १र१ महानगर लिनेछन् ।

जसमा कांग्रेसले विराटनगर र काठमाडौँ उपत्यकाभित्रका दुई महानगर काठमाडौँ र ललितपुर लिनेछ । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले भने क्रमशस् भरतपुर, पोखरा वीरगञ्ज लिनेछन् ।

तपाईको प्रतिक्रिया