संघका निर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ ग्रहण

सुर्खेत । बैशाख ४ गते भएको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । निर्वाचन समितिले उनीहरुलाई बुधबार संघको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।


निर्वाचन समितिका निर्वाचन अधिकृत उत्तमप्रसाद आचार्यले संघका नवनिर्वाचित अध्यक्ष लक्ष्मण कँडेललाई सपथ खुवाएका थिए । अध्यक्ष कँडेलले भने बाँकी पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाए । सपथ ग्रहण कार्यक्रमपछि निवर्तमान अध्यक्ष धनबहादुर रावतले माइन्यूट हस्तान्तरण गरेका छन् । साथै, अध्यक्ष कँडलले पदभार ग्रहण समेत गरेका छन् । कार्यक्रममा पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, पूर्व उपाध्यक्ष जगतबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया