टिप्परमा ल्याउँदै गरेको अवैध काठ बड्डीचाैरमा बरामद

सुर्खेत । बराहताल गाउँपालिका–५ बड्डिचाैरबाट प्रहरीले अवैध काठसहित टिप्पर नियन्त्रणमा लिएकाे ५ । बड्डीचाैर-वावियाचाैर सडक खण्डकाे गिमिनेबाट टिप्परमा ल्याउँदै गरेकाे सालकाे काठसहित प्रहरीले नियन्त्तणमा लिएकाे हाे ।

अस्थायी प्रहरी पाेष्ट  बड्डीचाैर र सव डिभिजन वन

कार्यालयको टाेलीले भे १ क १९२५ नम्बरकाे टिप्परमा लोड गरी वीरेन्द्रनगर ल्याउँदै गरेकाे काठ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । प्रहरीले टिप्परमा लाेड गरिएकाे तीन थान गोलिया सालको काठ बरामद भएको हो ।

बरामद भएको काठको नापजाँचका लागि डिभिजन वन कार्यालय बाबियाचौर पठाइएको छ । प्रहरीले टिप्पर चालक तुलसीपुर दाङ घर भएका ३१ वर्षीय बसन्त रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया