कर्णालीमा यो वर्ष थप सात दिन विदा

सुर्खेत । कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवसहरुमा विदा दिने निर्णय गरेको हो । धान दिवसको विदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा चैत १२ गते विदा दिइएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, नाग पञ्चमी साउन १७ गते, प्रदेश स्थापना तथा शहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, राम नवमी चैत १६ गते र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र विदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर विदाहरु सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया