गुराँस गाउँपालिकाका पाँच वर्ष : वडा–वडामा विद्युत पहुँच

सुर्खेत । २०७४ को स्थानीय तहको निर्वाचनबाट दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एकै पार्टीका खेमराज वली र दिपा विसी निर्वाचित भएका थिए । अध्यक्ष, उपाध्यक्ष नेपाली काँग्रेस पार्टीका भएका कारण पनि यस पालिकामा जनप्रतिनिधिलाई काम गर्न कुनै अवरोध भएन् ।

स्थानीय तह भईसकेपछि निर्वाचित भएर आएका जनप्रतिनिधिले स्थानीय तहहरूमा व्यापक फेरबदल भएको छ । शिक्षा स्वास्थ्य, सडक, सञ्चार, विजुली लगायतका पूर्वाधारको विकास भएको छ भने उस्तै सुशानका क्षेत्रमा पनि सुधार भएको छ ।

हाल स्थानीयत सरकारको स्थापनासँगै आम नागरिकले घरबाट नै सेवा लिन पाएका छन् । आफ्ना गुनासा प्रत्यक्षरुपमा जनप्रतिनिधि सामु राख्ने स्थिती सिर्जना भएको छ । जेष्ठ नागरीक, शारीरिक अशंक्त, महिला तथा बालबालिकालाई भएका व्यक्तिहरुले सहजरुपमा सेवा लिन पाएका छन् ।

पछिल्लो समय नागरिकको स्थानीय सरकारप्रति विश्वास बढ्न थालेको छ । ८ वटा वडा रहेको यस गाउँपालिका भौगोलिक हिसाबले भने त्यति सुगम छैन् । गुराँसका जनप्रतिनिधिहरूको प्रमुख चुनावी एजेण्डा मध्ये उज्यालो थियो ।

सुर्खेत–दैलेख विद्युत प्रशारण लाईन गुराँस गाउँपालिको मध्ये भागबाट लगिएको भएपनि केही सीमित ठाउँ बाहेक अन्य ठाउँमा विद्युत विस्तार भएको थिएन् । गाउँपालिका भित्रैबाट विजुलीको लाइन लगिएको भए पनि गुराँसका नागरिक वर्षैदेखि विजुली बाल्नबाट बञ्जित भएका थिए । तर, २०७४ को निर्वाचन पछि गुराँस गाउँपालिकाले चुनावी एजेण्डामा बाचा गरिए अनुरूप पालिकाका ८ वटै वडाका सबै घरधुरीमा विद्यतीकरण भएको छ ।

ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत गुराँसलाई उज्यालो पारिएको हो । विद्युतिकरणबाट गुराँस गाउँपालिका करिब एक हजार घरधुरीका तीन हजार ६ सय नागरिक विद्युत सेवाबाट लाभान्वित भएका । उक्त कार्यक्रम अन्तरगत गुराँस गाउँपालिकाको चार करोड, उर्जा विकास कार्यालयको करिब बिस करोड र प्रदेश क्षेत्र विकासको ४० लाख लागतमा गुराँसलाई उज्यालो पारिएको पालिकाले जनाएको छ ।

पाँच वर्षे अवधिमा गुराँसको स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै सुधार भएको छ । पालिकाले गुराँस–५ मा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं. ४ मा पाँच शैया क्षमता अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका ८ वटै वडामा सुविधा सम्मन्न स्वास्थ्यचौकी निर्माणसमेत गरेको छ ।

यस्तै, सडक स्तरोन्नती तथा नयाँ सडकसमेत विस्तार भएको छ । गुराँस गाउँपालिकाले पाँच वर्षको अवधिमा करिव एकसय ५३ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने, सुर्खेतको सिमाना रातानाङ्गलादेखि सियाकोटसम्म करिव २० किलोमिटर सडकोको स्तरोन्नती गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न कृषि लक्षित कार्यक्रमको सुरुवात गरिएको छ ।

गुराँसलाई तरकारीकोे हवको रुपमा विकास गर्न विभिन्न योजनाहरु अघि सारिएको छ । यस्तै पालिकाका सबै वडामा सिंचाई पोखरी निर्माण गरिएका छन् । खानेपानी तथा सरसफाईका क्षेत्रमा विभिन्न ठाउँहरुमा लिफ्टिङ्ग खानेपानी सञ्चालनमा ल्याइएका छन्, भने केहीँ कार्यान्वयनको चरणमा छन् । पाँच वर्षको अवधिमा गुराँस गाउँपालिका नेपाली काँग्रेस बाट खेमराज वली निर्वाचित भएको थिए ।

निर्वाचित भएका जनताका प्रतिनिधि पाँच वर्षे कार्यकालको अन्तिम प्रहरमा छन् । सिंहदरवारका प्रतिनिधि बनेर पाँच वर्षअघि स्थानीय सरकारका प्रमुखमा निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल आगामि वैशाख ३० गतेबाट सकिदै छ । यो अवधीमा जनप्रतिनिधिहरु आफन्त तथा कार्याकर्ता केन्द्रित भएको आरोपसमेत खेप्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया