कांग्रेसबाट भैरवीको अध्यक्षमा रीता र उपाध्यक्षमा सापकोटाको चर्चा

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारीको चर्चा चलेको छ । नेपाली कांग्रेसबाट अध्यक्ष पदको उम्मेदवारका लागि रीताकुमारी शाही र उपाध्यक्षको उम्मेदवारमा धीरेन्द्र सापकोटाकोले दाबी गरेका हुन् ।

यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचको लागि कांग्रेसबाट अध्यक्ष पदमा शाही र उपाध्यक्ष पदमा धीरेन्द्र सापकोटाले दाबी गर्ने भएका छन् । अध्यक्षका पदका आकाङ्क्षी युवा नेता धीरेन्द्र सापकोटाको एकाएक उपाध्यक्ष पदका लागि चर्चा चलेपछि रीता शाहीको अध्यक्ष पदको उम्मेदवारमा सम्भावना बढेको छ ।

साविकको रावतकोट, बडलम्जि, भैरिकालिकाथुम र कुसापानी गरि जम्मा ४ गाविस मिलेर बनेको भैरवी गाउँपालीका अध्यक्ष र उपाध्यक्षका लागि उनीहरुले आ–आफ्नो दाबी गर्ने भएका हुन् । अभ्यक्ष पदको दाबेदार शाही साविकको भैरिकालिकाथुम हुन भने उनी विद्यार्थी राजनीतिबाटै राजनीतिक यात्रा तय गरेकी हुन् ।

यस्तै, उपाध्यक्षका दाबेदार धीरेन्द्र सापकोटा सानै उमेरदेखि समाज सेवामा हुमिएका युवा नेता तथा पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका साविक कुसापानी गाविस निवासी हुन् । कांग्रेस दैलेखले यसपटक पालिकाको अध्यक्षमा महिलालाई उम्मेदवार बनाएमा निर्वाचान जित्न सक्ने भैरवीका जनताको आकंलन समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया