माओवादी बराहतालले टुङ्गायो वडा अध्यक्षका उम्मेदवार

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका सबै वडामा नेकपा (माओवादी केन्द्र)ले वडा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाएको छ । यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीले वडा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाएको हो ।

नेकपा माओवादी केन्द्र बराहतल गाउँ कमिटीका अध्यक्ष बलबहादुर कठायतले शुक्रबार बराहताल गाउँपलिकामा वाड नम्बर १ देखि १० सम्मका वाडा अध्यक्ष पदका उम्मेदवारहरूको टुङ्गो लगाएको नेपालीरैबारलाई जानकारी दिए ।

कठायतका अनुसार पार्टी संगठनको निर्देशन र स्थानीय निर्वाचन परिचालन कार्यविधी अनुसार उम्मेदवारको टुङ्गो लगाइएको हो ।

यी हुन् अध्यक्ष पदका उम्मेदवार

वडा नम्बर १ मा बमबहादुर बडुवाल
वडा नम्बर २ मा डिलबहादुर नेपाली
वडा नम्बर ३ मा दत्तबहादुर बराल मगर
वडा नम्बर ४ मा बृखबहादुर बडुवाल
वडा नम्बर ५ मा हिरालाला सुनार
वडा नम्बर ६ मा कर्ण रेगामी मगर
वडा नम्बर ७ मा रुद्रबहादुर बि क
वडा नम्बर ८ मा बलबहादुर सुनार
वडा नम्बर ९ मा कृष्णबिक्रम शाही
वडा नम्बर १० मा मेखलाला सलामी मगर

तपाईको प्रतिक्रिया