शनिबार वीरेन्द्रनगरमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आज (शनिबार) सात घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बजार फिडर अन्तर्गत वीरेन्द्रनगर चोकदेखि गणेश चोकसम्मका आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल विधुत प्राधिकरण सुर्खेतका अनुसार उक्त क्षेत्रका पुरानो संरचनामा रहेका तार तथा ट्रान्सफर्मरहरुको व्यवस्थापन गर्नु पर्ने भएकाले सेवा अवरुद्ध हुने भएको जनाएको छ ।

बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध रहने छ । साथै करेखोलादेखि झुप्रासम्मको ११ के.भि. लाईनको मर्मत गर्ने कार्य रहेकोले उक्त क्षेत्रमा पनि शनिवार बिहान १० देखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया