वीरेन्द्रनगरको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका नेपाली कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको छ । कर्णाली प्रदेशको राजधानी र ठुलो नगरपालिका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि शुक्रबार कांग्रेसले सात जनाको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेसले वीरेन्द्रनगर कार्यसमितिले पहिला तीन जनाको नाम मेयरका लागि सिफारिस गरे पनि पुनः प्रदेशसभा क्षेत्रीय कार्यसमितिले रायसहित चार जनाको नाम थपेर सात पुगेको छ ।

कांग्रेस नगर समितिको तर्फबाट उपेन्द्र खड्का, हरी विष्ट र चाँदनी ढकालको नाम सिफारिस भएको थियो भने उक्त नाममा कार्य समितिकै केही पदाधिकारीले असुन्तुष्ट जनाएपछि प्रदेशसभा क्षेत्रीय कार्य समितिले मेयरका लागि गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीलाई सिफारि गरेको छ ।

कांग्रेसको विधानको धारा ३२ (३) (ख) मा नगर कार्यसमितिले पठाएको नाममा प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले सल्लाह सुझावसहित जिल्ला कार्यसमितिमा नाम पठाउने उल्लेख छ ।

उक्त नामलाई जिल्ला कार्यसमितिले निर्णयको लागि प्रदेश कार्यसमितिमा पठाउने उल्लेख छ। त्यसै विधानका आधारमा मेयरका लागि सिफारिस गरिएको नगर कार्यसमितिका सचिव रमेश सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया