विभूषित प्रा.डा. द्वय खड्का र थापालाई सम्मान

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले नेपाल सरकारबाट विभूषित हुने डाक्टरलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । अस्पतालका निर्देश प्रा.डा डम्बर खड्का र प्रा.डा गणेश थापालाई अस्पताल परिवारले बधाई तथा सम्मान गरेको हो ।

यहीँ बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा खड्का र प्रा.डा थापालाई विभूषित गरेकी थिइन् । खड्का सुकीर्तिमय राष्ट्रदीप पदक र थापा जनसेवाश्री पदकबाट विभूषित भएका थिए । प्रदेश अस्पतालबाट उनीसहित डा. नवराज केसी पनि विभूषित भएका थिए ।

तपाईको प्रतिक्रिया