२०७४ मा सर्वाधिक मत ल्याएकी ढकाल एमालेबाट मेयर उम्मेद्वार, यस्ताे छ राजनीतिक यात्रा

सुर्खेत । सुर्खेतकी चर्चित युवा नेत्री मोहनमाया ढकाल परिचित नाम हो । ०३६ साल फागुन २७ गते जन्मेकी ढकाल राजनीति शास्त्रमा एम पास र कानून विषयमा एलएलवी गर्दै गरेकी निडर र शाहसी राजनीतिज्ञ महिला हुन् ।

नेकपा एमाले सुर्खेतले तिनै युवानेत्री ढकाललाई २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनकाे लागि वीरेन्द्रनगरको उपमेयरको टिकट दिएकाे थियो । अन्तत उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जानकी सिंहको भन्दा दुई हजार ४२ मत बढी ल्याएर उप–प्रमुखमा विजयी भएकी थिईन् । ढकालको मत नगरप्रमुख देवकुमार सुवेदीले पाएको कुल १४ हजार ४०५ मतभन्दा एक हजार ६६३ बढी मत थियाे । ढकालले १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरकाे उप–प्रमुख पदमा विजयी भएकी हुन । आज तिनै उपप्रमुख ढकाललाई एमालेले वीरेन्द्रनगरकाे मेयर पदकाे उम्मेद्वार बनाएकाे छ ।

२०७४ सालकाे निर्वाचनमा नेपाली कांग्रेसको बाहूल्य क्षेत्रको मत पनि सहजै आफ्नो पोल्टामा पार्न सफल ढकाल पारिवारिक वातावरणका कारण स्कुल पढ्दा खेरी नै राजनीतिमा आस्थावन भएको बताउछिन् ।

स्पष्ट बोली, कार्यमा लगाव र सवै तहका महिलालाई आफ्नो बोली सहजै बुझाउन सक्ने क्षमताकै कारण वीरेन्द्रनगरको उप–प्रमुखमा भारी मत अन्तरले विजयी भएकाे पाँच वर्ष अघि नै चर्चा भएकाे हाे । ढकालले पाएको मत अन्तरले कतिपयले त नेता हुनु त् मोहनमाया जस्तै भनेर परिचर्चा समेत गरे ।

घमण्डभन्दा काममा कटिवद्ध हुने ढकाललाई कतिपयले मेयर पदमै एमालेले टिकट दिएको भए जित्थिन होला भनेर चर्चाको विषय त्याे बेला बनेकाे हाे । उपमेयरमा फराकिलो जितले ढकाललाई अर्को पटक मेयरको टिकट दिन एमाले अगुवाहरुलाई दवाव भने दिएको थियाे ।

भारी मतअन्तरले विजयी हुँदा समेत ढकालको विजयीको खुसीयालीमा एमाले पार्टी सुर्खेतले तत्काल विजयी जुलुश निकाल्ने आँट गर्न सकेकाे थिएन् । कारण एमालेबाटै मेयर पदका उम्मेद्वारा बालाराम शर्मा पराजित भएपछि विजयी जुलुश निकाल्ने आँट एमालेले गर्न सकेन् ।

०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भीक कमिटी सदस्य, ०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र ०५९ मा १६ औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आवद्ध थिइन् ढकाल ।

‘राजनीतिमा लागेर कहिल्यै निराश भइन्, एक पटक असफल भएमा अवश्य सफल भइन्छ भन्दै निरन्तर खटिरहे’ ढकालले भनिन्,–‘असफलता नै सफलता हो, मैले पार्टीमा पु¥याएको योगदानले टिकट पाएर २०७४ मा उपमेयरमा विजयी भए याे पटक पार्टीले मेयर पदकाे उम्मेद्वारा बनाएकाे छ, नगरवासीले अवश्य विजयी गराउनेमा ढुक्क छु ।’

६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल ०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको सचिव भएकी थिईन् । ०६५ मा भने नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य दुई कार्यकाल र पार्टी सचिवालय सदस्य एक कार्यकाल विताएकी छन् । ०६९ माघबाट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष भइन् । हाल उनी नेकपा एमालेकाे केन्द्रीय सदस्य तथा सुर्खेत सहईन्चार्ज हुन् ।

तपाईको प्रतिक्रिया