कर्णालीमा गठबन्धको भागबण्डा अन्तिम टुङ्गोमा

सुर्खेत । कर्णालीमा लगतार तीन दिनसम्म बसेको सत्ता गठबन्धनको बैठकले भागबण्डा करिब–करिब अन्तिम टुङ्गोमा पुगेको छ । आज बिहान ८ बजेबाट बसेको गठबन्धनको बैठकले कर्णालीका सात जिल्लाको भागबण्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

शनिवार राती ११ बजेसम्म हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कुरा टुङ्गिएको छ भने बाँकी जिल्लाको आइतबार बिहानसम्मा टुङ्गो लाग्ने जनाईएको छ ।

यस्तै, कर्णालीको सुर्खेत, कालिकोट र रुकुम पश्चिमको बाँकी रहेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले अहिले पनि बैठक जारी नै रहेको र आइतबार मनोनयन दर्ता गर्ने समय भएकाले बिहानसम्म अन्तिम टुङ्गो लगाउने र आइतबार बिहान निर्णय सार्वजनिक गरिने नेपालीरैबारलाई जानकारी दिए ।

उनले भने, ‘अहिले म आफ्नो घरमा आईसकेको छु, बाँकी जिल्लामा भागबण्डा लगाउँन गठबन्धको बैठक जारी नै रहेको छ । सबै निर्णय भोली बिहान नै आउँछ ।’ बैठक बिहीबार दिउँसोदेखि नै मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा जारी रहेको छ ।

तपाईको प्रतिक्रिया