स्थानीय तह निर्वाचन

एमाले बराहताल अध्यक्ष पदका उम्मेद्वार पाण्डेका यस्ता छन् एजेण्डा

सुर्खेत । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बराहतालले उम्मेदवार टुङ्गो लगाएको छ । शनिवार बसेको बराहताल गाउँ कमिटी बैठकले अध्यक्षमा घनश्याम पाण्डेलाई चयन गरेको हो ।

उपाध्यक्ष छनौटमा भने सकस देखिएको छ । दुर्गा विष्ट र विर्मा कठायत उपाध्यक्षका आकांक्षीको रुपमा देखा परेका छन् । आज (आइतवार) बस्ने गाउँ कमिटी बैठकले उपाध्यक्षका उम्मेदवार टुङ्गो लगाउने एमाले बराहतालले जनाएको छ ।

अध्यक्ष पदका उम्मेदवार बनेका पाण्डे २०५३ मा एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी सदस्यबाट प्रत्यक्ष राजनीति होमिएका थिए । सरल, प्रखर र प्रष्ट वक्ताको रुपमा परिचित पाण्डे युवापंक्तीका रोजाईका नेता हुन् ।

त्यागले मात्र परिवर्तन सम्भव छ भन्ने मान्यता राख्ने नेता पाण्डे समग्र बराहतालको विकास एमालेको सरकार बाहेक अरुबाट सम्भव नभएको दावी गर्छन । युवा स्वरोजगार, महिला, बालबालिका तथा अपाङ्ग लक्षित कार्यक्रम, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, विद्युत, सडक विस्तार, ग्रामिण बस्ती व्यवस्थापन लगायतका समग्र बराहतालको दिगो विकासका लागि पालिकावासीको मन जितेर समृद्ध पालिका निर्माणमा ध्यान केन्द्रित गर्ने पाण्डेको योजना छ ।

पालिका भित्र रहेका बराहताल लगायतका पर्यटकीय स्थलहरुको पहिचान गरी तिनीहरुको यथोचित विकास र सम्वद्र्धन मार्फत बराहतालाई पर्यटन हवका रुपमा विकास गर्ने पाण्डेको लक्ष्य छ । पराम्परागत कृषिलाई अन्त्य गर्दै आधुनिक कृषि तर्फ उन्मुख गराउँन सिंचाईको उचित व्यवस्था तथा प्राविधिक शिक्षामा जोड दिने पाण्डेको मुख्य योजना छ ।

गाउँपालिकासँग आवतजातमा सहजताका लागि भेरी नदि पारीका वस्तीहरुलाई सहज आवाज्ञवनको लागि सडक सञ्जालको व्यापक सुधार आफ्नो पालामा गर्ने उनको दावी छ । २०६० सालमा वीरेन्द्र वहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत रहेका पाण्डे हाल एमाले जिल्ला कमिटी सुर्खेतको उपसचिवको जिम्मेवारीमा छन् । पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहेर काम गरेका पाण्डे पछिल्लो समय बराहतालका इमान्दार र लोकप्रिय वौद्धिक नेताको रुपमा परिचित छन् ।

यस्ता छन् अध्यक्ष पाण्डेका चुनावी एजेण्डाहरु

(१) समयानुकूल ऐन-नियम निर्माण
संविधानले नै स्थानीय सरकारलाई आवश्यक नीति तथा कानुन बनाउने अधिकार सुनिश्चित गरेको छ, तर पहिलो अवधिका जनप्रतिनिधिहरूबाट यसको भरपूर उपयोग हुन सकेन । संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि ऐन-नियम अपरिहार्य छ । ती कानुन समयानुकूल हुनु अझ महत्वपूणर् पक्ष हो । त्यसैले स्थानीय आवश्यकताको पहिचान गरी समयसापेक्ष कानुन निर्माणलाई पहिलो प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

२) शिक्षा 
“समृद्ध बराहतालको आधार : गुणस्तरीय शिक्षा र आधुनिक भौतिक पूर्वाधार”
– विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा पुर्‍याइनेछ ।
– माध्यमिक शिक्षालाई निःशुल्क र अनिवार्य बनाई सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमा नै सबै बालबालिका        पढ्ने वातावरण निर्माण गरिनेछ ।
– सबै सार्वजनिक विद्यालयको पक्की भवन निर्माण गरी आवश्यकता अनुसार विज्ञान प्रयोगशाला र खेलकूद पूर्वाधारको विकास गरिनेछ ।
– आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति र दिवा खाजाको व्यवस्था गरिनेछ ।
– विद्यालयहरूलाई मर्ज गरी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गरिनेछ । सबै विद्यालयमा आवश्यक शिक्षक दरबन्दी कायम गरिनेछ ।
– पाँच वर्षभित्र प्रत्येक वडामा कम्तिमा एक/एक वटा नमुना विद्यालय सञ्चालन गरिनेछ । ती विद्यालयहरूमा छात्रबासको व्यवस्थापन गरिनेछ ।
– पालिकामा एउटा कृषि क्याम्पस सञ्चालन गरिनेछ ।
– प्रत्येक वडामा प्राविधिक विद्यालय स्थापना गर्ने र प्रविधिमैत्री विद्यालय बनाउने ।
– बहुविद्यालय स्थापना गर्ने ।
– सामुदायिक विद्यालय गुणस्तर प्रवद्र्धनको लागि अभिभावकहरूबाट नै शैक्षिक सामग्री निर्माणमा विशेष पहलकदमी गर्ने ।
– माध्यमिक विद्यालयमा खेलकूद शिक्षक र स्वास्थ्यकर्मीको नियुक्ति गर्ने ।
– हरेक वडामा सार्वजनिक पुस्तकालय स्थापना गरिनेछ ।
– सबै विद्यालयमा अनिवार्य बगैंचाको निर्माण गर्ने ।
– MBBS, Engineering, र Vet जस्ता विशिष्ट शिक्षा अध्ययनका लागि प्रवेश परीक्षामा पास भएका अति विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग र विना ब्याज शैक्षिक कर्जा प्रदान गरिनेछ ।

३) स्वास्थ्य 
“नागरिकप्रति उत्तरदायी सरकार, सबैको स्वास्थ्य बिमा र निशुल्क उपचार”
– पालिकाको केन्द्र बड्डीचौरमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण तथा सञ्चालन गर्ने ।
– तरंगा, हरिहरपुर, पोखरीकाँडा र लेखगाउँमा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति गरी कम्तिमा एक जना एमबीबीएस डक्टरसहित (ल्याब, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवालगायत) सुविधायुक्त बनाइने छ ।
– सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने छ । प्रत्येक ६/६ महिनामा गाउँबस्तीमा विशेषज्ञ सेवासहित घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
– ज्येष्ठ नागरिक, नवजात शिशु र गर्भवती महिलाको आधारभूत स्वास्थ्य जाँच तथा उपचारका लागि ‘घर-घरमा स्वास्थ्यकर्मी’ सेवा सञ्चालन गरिनेछ । आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक र आपतकालीन अवस्थामा निःशुल्क सेवा दिने एम्बुलेन्स सञ्चालन गरिनेछ ।
– पालिकाका सबै नागरिकलाई स्वास्थ्य बिमाका लागि प्रोत्साहन गरिनेछ भने ज्येष्ठ नागरिक, एकल महिला, विपन्न दलित समुदायको स्वास्थ्य बिमा निःशुल्क गरिनेछ ।

४) खानेपानी 
“जनताको सेवा हाम्रो अभिभारा, घरघरमा पुर्‍याउँछौंखानेपानीको धारा”
– सबै नागरिकलाई गुणस्तरीय खानेपानीको पहुँचमा पुर्‍याउन ‘एक घर, एक धारा’ योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
– पानीको पर्याप्त स्रोत (मुहान) नभएका स्थानमा तत्कालका लागि वर्षात्को पानी संकलन र उपयोग गर्ने व्यवस्था मिलाइने छ ।
– खानेपानीको लागि डिप बोरिङ्गहरुको निर्माण गरिने छ ।

५) विद्युतीकरण : उज्यालो बराहताल, घरघरमा विद्युत
– पालिकाभित्रका हरेकटोल बस्तीमा विजुलीको सुविधा पुर्‍याइने छ ।
– राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्रदेश र संघीय सरकारसँग पहल गरिनेछ ।
– बायोग्यास, सौर्यऊर्जा, लघुजलविद्युतलगायतका वैकल्पिक ऊर्जाको प्रयोगबाट सबै परिवारमा आधुनिक ऊर्जा पुर्‍याइने छ ।
– सोतखोला, बत्तीसे खोला र करंगे खोलामा लघु जलविद्युत आयोजना सञ्चालन गरिनेछ ।

६) सिँचाइ 
“कुलो, पोखरी र नहरको प्रयोग, खेतियोग्य जमिनको सदुपयोग”
– कुलो, पोखरी तथा नहर निर्माण गरी पाँच वर्षभित्र पालिकाको सबै खेतियोग्य जमिनमा सिचाइँ सुविधा पुर्‍याइने छ ।
– सिचाइँका लागि पर्याप्त पानी नभएका स्थानमा कृत्रिम पोखरी निर्माण गरी बाह्रैमहिना सिँचाइको सुविधा उपलब्ध गराइने छ ।
– सिंचाइको लागि डिप बोरिङ्गहरुको निर्माण गरिने छ ।

७) सडक/यातायात 
“समृद्ध बराहतालको आधार, टोल बस्तीमा सडक र यातायात पूर्वाधार”
– सडक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
– पालिकाभित्रका प्रत्येक बस्तिमा अनिवार्य सडक विस्तार गरिने छ ।
– पालिकाको केन्द्रदेखि सबै वडाहरूको केन्द्रसम्म पुग्ने सडक कालोपत्र गरिनेछ ।
– आवश्यकताका आधारमा नयाँ सडक निर्माण र पूराना सडकको स्तरोन्नति गरिनेछ ।
– बड्डीचौरमा व्यवस्थित बसर्पाक र पार्किङ स्थल निर्माण ।
– रानीघाट-तेलपानी-भुरीगाउँ सडक निर्माणका लागि पहल गरिने छ ।
– तेलपानी-हर्रेकाँडा-लेखगाउँ हुँदै नर्सिङ्गकाँडा-सुकुरमाला जोड्ने सडक निर्माण ।
– गिरिघाट-डोब्का हुँदै पाग्मा जोड्ने सडक निर्माण तथा स्तरोन्नति ।
– हुड्के-तरङ्गा सडक कालोपत्र गर्ने ।
– साझघाट-कुटा-चेपाङ जोड्ने सडक निर्माण ।
– तरङ्गा-सिम्लेपानी-सुकुरमाला सडक निर्माण ।
– हर्रेकाँडा-गाइनेकाँडा-कणर्ाली चिसापानी सडक निर्माण ।
– बुङ्घाट- गुराँसे- सुकुरमाला सडक निर्माण ।
– मसिना-चेपाङ्ग सडक कालोपत्रे ।
– बड्डीचौरमा चक्रपथ निर्माण ।
– बड्डीचौर-सुनद्धारी सडक निर्माण ।
– गिमिने-रक्सेनी सडक स्तरोन्नति गरी कालोपत्रे गरिने ।
– ब्युरेनी-लामकाने-नयाँवन सडक स्तरोन्नति ।
– खम्बागाडे-बुटी-इखे्रनी हुँदै रक्सेनी जोड्ने सडक स्तरोन्नति ।
– कल्याणकाँध-करङ्गे हुँदै नयाँवन सडक स्तरोन्नति ।
– कल्याणकाँध-माथिल्लो स्याउले-घोडाआँखे सडक निर्माण ।
– ठूलोमोड-पिङहाले-भुम्की सडक स्तरोन्नति ।
– ओदालताल-दमार हुँदै बड्डीचौर जोड्ने सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने ।
– जोगिडाँडा-गबेना-मसिना सडक कालोपत्रे ।
– कुनाथरी-डाँडाथरी-धनिगाड सडक स्तरोन्नति ।
– धनिगाड-चुलिडाँडा हुँदै भर्लेनी सडक स्तरोन्नति ।
– छेडा-कल्याणकाँध सडक स्तरोन्नति ।
– थारी-घोडाआँखे-कल्याणकाँध सडक निर्माण ।
– ओदालताल-सलेना-फिनिकाँडा सडक स्तरोन्नति ।
– वीरेन्द्रनगर-सलेना-धनिगाड सडक कालोपत्रे ।
– श्रीचौर-बेलचौर सडक निर्माण ।
– रानीघाट-ज्यामिरे-काफलगैरा-सुँगुरखाल सडक निर्माण ।
– गाँडापानी-मनिरामकाँडा सडक निर्माण ।

८) आवास व्यवस्था
– संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास र सुरक्षित आवास कार्यक्रम कार्यान्वयन गरिनेछ ।
– अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने छ ।
– राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी भूमिहीन सुकुम्बासीलाई तत्काल लालपूर्जा वितरण गरिने छ ।
– संघीय र प्रदेश सरकारसँगको समन्वयमा गिरीघाटस्थित अस्थायी शिविरमा बसोबास गरिरहेका बाढीपीडितलाई तत्काल पुनस्र्थापना गरिने छ साथै पालिकाले राहत उपलब्ध गराउनेछ ।

९) कृषि :
“कृषि उत्पादनमा वृद्धि, पाँच वर्षभित्र बराहतालको समृद्धि”
– कृषि उत्पादनलाई बराहतालको आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गरिने छ ।
– कृषिजन्य उत्पादनलाई वृद्धि गर्न कृषक प्रोत्साहन कार्यक्रम लागू गरिने छ । यसका लागि बीऊ र औजार खरिदमा अनुदान दिने योजना ल्याइने छ ।
– उत्पादित वस्तुको संकलन तथा बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने छ ।
– रोजगारमूलक कृषिजन्य उद्यमलाई प्रोत्साहन गर्न व्याज अनुदान दिइने छ ।
– कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रमा जनशक्ति वृद्धि गरी कृषकलाई सहज सेवा प्रवाह गरिनेछ ।
– कृषि विमा र कृषि कर्जा उपलब्ध गराउन पहल गरिने छ ।
– तरकारी, बेसार, अदुवा, आलु, टमाटर, फलपूmल र पशुपालनका पकेट क्षेत्रहरू घोषणा गरी एक वडा एक संकलन केन्द्र निर्माण गरी सहकारी संस्थामार्फत संकलन र बिक्रीका लागि प्रोत्साहन गरिने
छ ।
– कृषिको आधुनिकीकरण गरी कृषि उद्योग स्थापना गर्ने ।
– एक गाउँ-एक उत्पादनको अवधारणा अनुरुप व्यावसायिक कृषिमा जोड दिइनेछ ।

१०) पर्यटन 
“नयाँ गन्तव्यको पहिचान, आन्तरिक पर्यटकलाई प्रोत्साहन”
– पालिकास्तरीय पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।
– बराहतालको संरक्षण, विकास र प्रचारमार्फत् आकर्षक गन्तव्यको रूपमा विकास गरिने छ ।
– रानीघाटदेखि चेपाङसम्मको भेरी नदीमा र्याफ्टिङ सञ्चालनका लागि प्रोत्साहन र प्रवद्र्धन गरिने छ ।
– बड्डीचौर बौद्धविहारलाई थप व्यवस्थापन गरी बुद्ध मूर्ति स्थापना गरिने छ ।
– बड्डीचौरमा शिव मन्दिरलाई व्यवस्थापन गरिनेछ ।
– चेपाङमा रहेका चर्चहरूमा विश्रामस्थल निर्माण गरिने छ ।
– गाइनेकाँडाको बटुकभैरव मन्दिरको जग्गा तारघेर गरी स्तरीय पार्क निर्माण गरिनेछ ।
– गाँडापानी, गाइनेकाँडा, तेलपानी, लखरपाटा, लेखगाउँ र कुम्भिकोटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ ।
– सोतखोलाको पूर्वी वनक्षेत्रको खुला भागमा व्यवस्थित पार्कसहित पिकनिक स्थल निर्माण गरिने छ ।
– चुरेक्षेत्रमा होमस्टे सञ्चालन गर्न व्यावसायिक तालिम र स्वरोजगार कार्यक्रम ।
– तेलपानीमा रहेको गंगानाथ भैरव मन्दिरको निर्माण र व्यवस्थापन गरिनेछ ।
– बराहताल-७ मा रहेको नयाँपानी गुफालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।

११) कला-संस्कृति, हाम्रो सम्पत्ति
– स्थानीय साँस्कृतिक मेला, पर्व तथा जात्राहरूको सञ्चालन र व्यवस्थापनमा सहयोग ।
– कला-संस्कृति संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान ।
– विद्यालयमा संगीत शिक्षालाई प्राथमिकीकरण गरिनेछ ।

१२) खेलकुद ः
– पालिकामा कम्तीमा एउटा तीन हजार सिट क्षमताको रंगशाला निर्माण गर्ने ।
– सबै वडामा रंगशाला/खेलमैदान निर्माण गर्ने ।
– माध्यमिक तहका विद्यालयहरूमा कम्तिमा एक जना खेलकुद शिक्षक अनिवार्य गर्ने ।
– खेलकुदको समग्र विकासका लागि प्रतिभा पहिचान, प्रशिक्षण, प्रतियोगिता, पारिश्रमिक-पुरस्कार र प्रोत्साहन योजना कार्यान्वयन गर्ने ।
– पालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने खेलाडीहरूलाई उचित पुरस्कार र सम्मान गर्ने ।

१३) समाजवादउन्मुख विकासको चरण, विभेदरहित समाज र महिला सशक्तीकरण
– सबैप्रकारका विभेदको अन्त्य गर्न योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्ने ।
– महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायतमा विशेष अवसर सिर्जना गर्ने ।
– श्रमिक महिलालाई समान ज्याला, घरेलु तथा लैगिंक हिंसासहित अन्य सामाजिक भेदभाव अन्त्य गर्ने ।
– महिला स्वरोजगारका लागि सीपमूलक तालिम, साना तथा घरेलु उद्योग स्थापनमा अनुदान उपलब्ध गराउने ।
– अपांगता भएका, असक्त र पछाडि पारिएका समुदायको उत्थान, अवसर र सामाजिक सुरक्षाका लागि कार्यक्रम बनाइ कार्यान्वयन गर्ने ।
– छाउपडीसहित अन्य कुरीतिको अन्त्य गर्ने ।
– हरेक विद्यालयमा निःशुल्क स्यानीटरी प्याड वितरण गरिनेछ ।
– नयाँ जन्मिने छोरीहरूका लागि ‘छोरी बैंक खाता’ सञ्चालन गरिने छ ।
– सबै विद्यालयमा रहेका छात्राहरूलाई आत्मसुरक्षा (फाइटब्याक) तालिम गराइने छ ।
– सुत्केरी महिलालाई विशेष उपहार दुई महिना तीनहजारका दरले पोषण भत्ता उपलब्ध गराईनेछ ।
– जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रा कार्यक्रम सञ्चालन गर्ने ।
– जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्ने ।
– घरेलु हिंसालाई निरुत्साहित र हिंसा गर्नेलाई दण्ड सजाय गरिने व्यवस्था गरिनेछ ।

१४) गरिबी निवारण र रोजगारी ः
“घरघरमा रोजगारी, बराहतालमा शून्य बेरोजगारी”
रोजगारीका अवसर सिर्जना गरी गरिबी निर्वारण गर्नु मुख्य दायित्व हुने छ । यसका लागि निम्नानुसारका योजना र कार्यक्रम कार्यान्वयन गरिने छ ।
– बेरोजगारी समस्या समाधानका लागि पालिकामा ‘रोजगार सेवा केन्द्र’ स्थापना गरी ‘बेरोजगार सहायता कार्यक्रम’ सञ्चालन गरिने छ । जसअन्तर्गत सीपमूलक तालिम, सहुलियतपूणर् ऋणलगायतमा सहजीकरण गरिने छ ।
– ‘विकासमा नागरिक सहभागिता, बेरोजगालाई रोजगारीको सुनिश्चितता’ मूल नारासहित पालिकामा सञ्चालन हुने विकास-निर्माणका योजनामार्फत पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने छ ।
– स्वरोजगारीका लागि लघुउद्यम तथा उद्यमशीलता विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
– पालिकास्तरीय ‘कोसेली गृह’ स्थापना गरी उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको संकलन, प्रवद्र्धन तथा बजारीकरणमा सहयोग गरिने छ ।
– सीप र योग्यता अनुसारको रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाइनेछ ।

१५) वन तथा वातावरण
वन सम्पदा बराहतालको सम्पत्ति हो । यसको संरक्षण र उपयोगमार्फत आर्थिक विकास र समृद्धिको सपना साकार पार्न निम्नानुसारका कार्यक्रम कार्यान्वयन गरिने छ ः
– वन संरक्षणका लागि वृक्षरोपण कार्यक्रमलाई योजनावद्ध रूपमा सञ्चालन गरिने छ ।
– सामुदायिक वनको व्यवस्थापन र निजी वनको विकास गरिने ।
– विकास-निर्माणका कार्य गर्दा वातावरणमैत्री प्रविधिको प्रयोग गरिने छ । सकेसम्म डोजरको सट्टामा श्रम प्रोत्साहन प्रविधिलाई जोड दिइने छ ।
– भू-संरक्षण नीति बनाएर लागू गरिने छ ।
– पालिकामा रमणीय पार्कसहित चिडियाखाना स्थापना गरी वन्यजन्तुको संरक्षणका साथसाथै पर्यटन विकासमा जोडिने छ ।
– सडकको छेउमा स्थानीय फलपूmलहरूको बोटविरुवा लगाउन प्रोत्साहन गरिनेछ ।
– मध्यवर्ती क्षेत्रमा वन्यजन्तु मार्फत भएको मानवीय, पशुचौपाया र खेतीबालीको क्षती विमा कार्यक्रम लागू गरिनेछ ।
– खुल्ला क्षेत्र र सार्वजनिक क्षेत्रको संरक्षण विस्तार र उपयोग गरिनेछ ।
– जल, जंगल र जमिनमा युवाहरूको सहभागिता बृद्धि कार्यक्रम लागू गरिनेछ ।

१६) औद्योगिक विकास 
“समृद्ध बराहतालको आधार, उद्योग, व्यापार र स्वरोजगार”
– पालिकामा औद्योगिक ग्राम स्थापना गरिने छ ।
– लघु, साना तथा मझौला उद्योगको स्थापना र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ ।
– पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई उद्योगमा लगानी गर्न प्रोत्साहन गरिने छ ।
– औद्योगिक क्षेत्रमा लगानी भिœयाउन आवश्यक पहल गरिने छ ।
– औद्योगिक ग्राममा फर्निचर उद्योग स्थापनालाई अनिवार्य गरिने छ ।
– एक वडा-एक सहकारी संस्था सञ्चालन व्यवस्थापनमा प्रोत्साहन गरिने छ ।

१७) कार्यालय व्यवस्थापन र सेवा प्रवाह
– गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिने छ ।
– सबै वडाका भवन निर्माण गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
– गाउँपालिकासहित सबै वडामा सभाहल निर्माण गरिने छ ।
– सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाइने छ ।
– आवश्यक संख्यामा दक्ष जनशक्तिको व्यवस्थापन गरिने छ ।

१८) सामाजिक सुरक्षा
– पालिकाभित्र रहेका सिमान्तकृत, विपन्न र लोपोन्मुख समुदायको आर्थिक तथा सामाजिक सुरक्षालाई विशेष ध्यान दिइने छ ।
– ज्येष्ठ नागरिकले पाउने वृद्धभत्तासहित अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतले पाउने सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन वडाका केन्द्रमार्फत प्रबन्ध मिलाइनेछ ।

१९) सुशासन
– पारदर्शीता, जवाफदेहिता, सदाचार र उच्च नैतिकतालाई सदैव आत्मसाथ गरिने छ ।
– भ्रष्टाचार हुन नदिन र सुशासन कायम गर्न जोड दिइने छ ।
– जनप्रतिनिधिहरू अनुपयुक्त र अवान्छित खर्च गर्ने छैनन् । भ्रष्टाचारको अन्त्य गरिने छ ।
– गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गरी योजनाहरूको सामाजिक परीक्षण गरिनेछ ।

पालिका गौरवका सात योजना
१. औद्योगिक ग्राम स्थापना गर्ने ।
२. बड्डीचौरमा १५ शैयाको अस्पताल निर्माण गर्ने ।
३. कृषि क्याम्पस स्थापना गर्ने ।
४. तीन हजार दर्शक क्षमताको क्षेत्रीय रंगशाला निर्माण गर्ने ।
५. हुर्के-तरङ्गा-साझघाट-कुटा-चेपाङ-रक्सेनी-गिमिने-भुम्की-पिङहाले-बड्डीचौर-बेलचौर-कुनाथरी-दमार-ओदालताल हुँदै हुर्के जोड्ने चक्रपथ (विशिष्ट नाम दिने)
६. बराहतालको पर्यटन प्रवद्र्धनका लागि बराहताल क्षेत्र विकास परियोजना सञ्चालन गरिनेछ ।
७. बराहताल गाउँपालिका एफ.एम. रेडियो सञ्चालन गरिनेछ ।

समृद्ध बराहतालका लागि तीव्र विकास, सही नेतृत्वबाट मात्र सम्भव छ रूपान्तरण…१
– नेकपा एमालेसँग सही विचार छ ।
– नेकपा एमालेले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेको छ ।
– नेकपा एमाले हरेक आन्दोलनको अग्रीम मोर्चामा छ ।
– समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने सपना नेकपा एमालेसँग छ ।
– नेकपा एमालेले प्रगतिशील राष्ट्रवादको अगुवाई गरिरहेको छ ।
– भूकम्पका बेला स्वयम्सेवा गरी जनताको दुखमा एमाले सामेल छ ।
– भत्कीएको धरहरा लगायत सबै संरचना नेकपा एमालेको सरकारले निर्माण गर्‍यो ।
– भारतीय नाकाबन्दीको नेकपा एमाले नेतृत्वको सरकारले नै सामना गर्‍यो ।
– अध्यक्ष कमरेड केपी ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गर्‍यो ।
– नेपालमा रेलयुगको पुनः सुरुवात एमालेको सरकारले गर्‍यो ।
– खरको छाना हटाई टिनको छाना हाल्ने कामको सुरुवात एमालेको सरकारले गर्‍यो ।
– सय रूपैंयाबाट शुरुवात भएको बृद्धभत्ता आज चार हजार पुगेको छ, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुवात एमालेको सरकारले गर्‍यो ।
– मजदुरहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा लागू गरी नयाँ युगको सुरुवात एमाले सरकारले गर्‍यो ।
– प्रत्येक नागरिकलाई स्वास्थ्य विमा योजना लागू एमाले सरकारले गर्‍यो ।
– विना धितो शैक्षिक कर्जा दिने व्यवस्था गर्‍यो ।

तपाईको प्रतिक्रिया