पत्रकार रानालाई मातृ शोक

सुर्खेत । समाजबादी  प्रेस संगठन नेपाल सुर्खेतका अध्यक्ष तथा पत्रकार देवबहादुर रानालाई मातृ शोक परेको छ । सल्यानको बनगाडकुपिण्डे नगरपालिका–५ निवासी रानाकी आमा मनसरी रानाको शनिवार राती निधन भएको हो ।


शनिवार राती करिब १० बजेको समयमा ६५ वर्षको उमेरमा आफ्नै घरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ११ वर्षदेखी प्यारालाइसी र उच्च रक्तचाप रोगबाट मनसरी ग्रसित थिइन् । उनको बनगाड खाेला चिउरामा अन्त्येष्टी गरिने परिवारले जनाएका छन् ।

तपाईको प्रतिक्रिया