सल्यानमा स्काभेटर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

सुर्खेत । सल्यानमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय सिमखोली सल्यानका अनुसार शनिबार साँझ साढे ९ बजेको समयमा दुर्घटना भएको हो ।

बागचौर नगरपालिका–६ सिमखोला स्थित भित्री सडक खण्डमा १ क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुने चालक दाङको बबई गाउँपालिका–४ हापुरेका ३३ वर्षीय देवराज खत्री रहेका छन् । प्ररहीका अनुसार महिदोलेदेखी जामुनेचौर वडा कार्यालय जोड्ने कच्ची सडक फराकिलो बनाउने क्रममा सडकबाट स्काभेटर ३० मिटर तल खस्न जाँदा दुर्घटना भएको जनाएको छ ।

यस्तै, सह–चालक चित्रबहादुर विकको आइतबार बिहान २ बजेको समयमा जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ भने स्काभेटर भित्र बसेको बागचौर नगरपालिका–६ सिमखोलाका ३० वर्षीय धनबहादुर ओली सामान्य घाइते भएका प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया