एमाले आठबीसको मेयरमा बडुवाल र उप–मेयरमा थापा उम्मेदवार

सुर्खेत । नेकपा एमालेबाट दैलेख आठबीसको मेयरमा तर्क बडुवाल र उप–मेयरमा कल्पना थापाको नाम टुङ्गिएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटिले उनीहरुको नाम मेयर र उप–मेयरका लागि फाइनल गरेको हो । वीरेन्द्रनगरमा दुई दिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकले उम्मेदवारको टुङ्गो लगाउँन नसकेपछि पार्टी केन्द्रीय कार्यालयमा निणयार्थ पठाइएको थियो ।

तर, एमाले केन्द्रीय कमिटिले आठबीसको मेयरमा तर्क बडुवाल र उप–मेयरमा थापाको नाम उम्मेदवारका लागि फाईनल गरेको एमाले स्रोतले जानकारी दिएको छ ।

यस्तै, नगर प्रमुखमा ७ जना तथा उपप्रमुखमा ४ जनाले दाबी गरेपछी चुनाव गरेर बहुमत ल्याउनेलाई मेयर र उपमेयरमा उम्मेदवार चयनका लागि सिफारिस गरेको थियो ।

चुनावमा मेयरको उम्मेदवार तर्क बडुवालले ४७ मत ल्याएका थिए भने नगर उपमेयरमा कल्पना थापाले ५२ मत ल्याएर नगरपालिकाको उप–मेयरमा उम्मेदवार सिफारिस भएका थिए ।

तपाईको प्रतिक्रिया