एमाले बराहतालले छान्याे दश वटै वडाका वडाध्क्ष, उम्मेदवार मनोनयनकाे तयारी

सुर्खेत । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको मिति आजबाट सकिदैछ । आगामी वैशख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने व्यक्तिले आज (सोमवार) निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरी सक्नु पर्नेछ । सुर्खेतमा प्रमुख पार्टीहरु उम्मेदवार छनौटको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

भागबण्डामा कुरा नमिल्दा गठबन्धन दलहरुमा उम्मेदवार छनौटमा सकस देखा परेका बेला नेकपा एमाले सुर्खेतले भने सुर्खेतका नौ वटै स्थानीय तहका वडा तहसम्म उम्मेदवार टुङ्गाएको छ । नेकपा एमाले बराहतालले पनि वडाध्यक्षहरुको टुङ्गो लगाएको छ ।

दश वटा वडा रहेको बराहतालमा वडाध्यक्षहरुको टुङ्गो लागेसँगै आज मनोनयन दर्ता गर्न लागेको एमाले बराहतालले जनाएको छ । गाउँपालिका अध्यक्षमा घनश्याम पाण्ड चयन भएसँगै वडाध्यक्षहरुको पनि टुङ्गो लागेको हो । स्थानीय तहको निर्वाचनका लागि वडा नं. १ बाट डम्बर बडुवाल अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

यस्तै वडा नं. २ मा भिम सावद, ३ मा रत्नप्रसाद उपाध्याय, ४ मा टेकबहादुर कठायत चयन भएका छन् । नन्दराम अधिकारी वडा नं. ५, जगतबहादुर बिसी वडा नं. ६, कुलबहादुर बुचा वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार बनेका छन् । बुचा २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यस्तै वडा नं. ८ को वडाध्यक्षमा केशरबहादुर कार्की, वडा नं. ९ मा युवराज पुलामी र वडा नं. १० मा हरिलाल सलामी अध्यक्ष पदका उम्मेदवारमा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया