समाजवादी र माओवादीबीच कुरा मिलेन : काँग्रेस महामन्त्री केसी

सुर्खेत ।  सुर्खेतका नौ पालिका काँग्रेसले दावी नगरेकाे र बाहिर गरिएकाे हल्लामा सत्यता नरहेकाे नेपाली काँग्रेसका कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री निरञ्जन केसीले बताएका छन् । सुर्खेतमा काँग्रेसले दुइ पालिका छाेड्दा समेत दुवै दलविच आपसी नहुँदा ठाेस सहमति हुन नसकेकाे र काँग्रेसले नाैवटै पालिकामा दावी नगरेका महामन्त्री केसीले नेपालीरैबारकर्मीसँग बताएका हुन् ।

‘काँग्रेसले जितेकाे सुर्खेतका ६ पालिकासहित सिम्ता हामीले लिने सहमति भएकाे हाे’ केसी भन्छन्, ‘लेकवेशी नगरपालिका र चाैकुने गाउँपालिका हामीले छाेडिसकेका छाैं, माओवादी र समाजवादीविचमै कुरा नमिल्दा दाेष काँग्रेसमाथि थुपार्नु राम्राे हैन् ।’

केन्द्रीय निर्देशनअनुसार गठबन्धन कायम राख्नु पर्छ मान्यतामा नेपाली काँग्रेस कटिवद्ध रहेपनि समाजवादी र माओवादी दुवैले चाैकुने नै लिन खाेज्दा ठाेस सहमति नभएकाे केसी बताउँछन् । उनले  सहमतिकाे लागि प्रयासहरु जारी नै रहेकाे उल्लेख गरे ।

यसअघि नेपाली काँग्रेसले सुर्खेतका नौ वटै पालिकाहरुमा आफ्नो दावेदारीबाट पछि नहट्दा गठबन्धनभित्र सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ले बताएका थिए ।

तपाईको प्रतिक्रिया