दुल्लु–७ को खुल्ला सदस्यमा बज्राचार्याको उम्मेदवारी

सुर्खेत । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिका–७ को वडा सदस्यमा युवा नेता पुष्करबाबू बज्राचार्य (गोरे) नेकपा एकीकृत समाजवादी उम्मेदवारी दिएका छन् ।

उनले सोमबार निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पुष्करले बाल्यकाल देखि नै स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय नेतृत्व गर्दै आएका थिए । सानै देखि पढाईमा अब्बल बज्राचार्य कोमल मन, सहयोगी भावन र अरुको दुखलाई नि आफ्नै ठानेर चिन्तन मनन गर्ने प्रवृत्तिका छन् ।

कर्ममा विश्वास गर्ने उनी परिवर्तनका लागि आफै लाग्न गर्ने भन्दै अब नमुना वडा निर्माणमा आफ्नो सक्रियता रहने एजेण्डा अगाडी सारेका छन् ।

उनले राजनीति सेवामुलक कार्य हुनेमा अहिले भ्रष्टाचार गर्ने थलो बनेकाले यो अन्त्यका लागि आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया