स्थानीय तह निर्वाचन–२०७९

सुर्खेतमा २२ सय २९ जना उम्मेदवारले गरे मनोनयन दर्ता

सुर्खेत । यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतमा दुई हजार बढीको मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुुसार आयोगले वैशाख ११ र १२ गते तोकेको उम्मेदवार मनोनयन दर्ताको अन्तिम मितिसम्म सुर्खेतका नौ वटै स्थानीय तहमा दुई हजार दुई सय २९ जनाको उम्मेदवारी दर्ता भएको हो ।

सुर्खेतका पाँच नगरपालिकाको प्रमुख पदमा ४८, उपप्रमुखमा ४१, चार गाउँपालिकाको अध्यक्षमा २३ र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार उम्मेदवारी दर्ता गराउनेमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रमुखका आकांक्षीहरु बढि देखिएका छन् । वीरेन्द्रनगरमा प्रमुख÷उपप्रमुखसहित १६ वटै वडामा अध्यक्ष तथा सदस्यहरु गरी जम्मा चार सय ७७ जनाको उम्मेवारी दर्ता भएको छ ।

वीरेन्द्रनगर नगरपालिका
यीमध्य वीरेन्द्रनगरको प्रमुख पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १७ जनाको उम्मेदवारी परेको छ । उप–प्रमुखमा १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए । १६ वडा रहेको वीरेन्द्रनगरमा एकसय सात जनाले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । साथै महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३ र खुला सदस्यमा एक सय ८० जनाले मनोनयन दर्ता गरेका छन् ।

पञ्चपुरी नगरपालिका
११ वडा रहेको पञ्चपुरी नगरपालिकामा दुई सय ९३ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । पञ्चपुरीको प्रमुखमा आठ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी दर्ता भएको छ, भने ११ वडाध्यक्षका लागि ६३ जनाले उम्मेदवारी मनोनयन गरेको निर्वाचन अधिकृत नविनकुमार भट्टले नेपालीरैबारलाई जानकारी दिए । खुला सदस्य एकसय १२, दलित महिला सदस्य ३४ र महिला सदस्यमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गुर्भाकोट नगरपालिका
यस्तै, १४ वटा वडा रहेको गुर्भाकोट नगरपालिकामा विभिन्न पदका लागि दुई सय ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गुर्भाकोटमा प्रमुख पदका लागि सात र उपप्रमुख पदमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत तुलसा भण्डारीले बताइन् । उनकाअनुसार खुला सदस्यमा ९७, दलित महिला सदस्यमा ४६, महिला सदस्यमा ५० जनाको उम्मेदवारी दर्ता भएको छ । १४ जना वडाध्यक्षका लागि गुर्भाकोटमा ५८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भण्डारीले नेपालीरैबारलाई जानकारी दिइन् ।

गुर्भाकोट नगरपालिका
१३ वटा वडा रहेको भेरीगंगा नगरपालिकामा दुई सय ९७ जनाको उम्मेदवारी दर्ता हुँदा प्रमुख र उपप्रमुखमा क्रमश आठ/आठ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकारी नगेन्द्र लम्सालले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार १३ जना वडाध्यक्षका लागि ६६, खुला सदस्यमा एकसय एघार, दलित महिला सदस्यमा ४९ र महिला सदस्यमा ५० जनाको उम्मेदवारी परेको छ ।

लेकवेशी नगरपालिका
लेकवेशी नगरपालिकामा प्रमुखमा आठ जना र उपप्रमुखमा सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए । १० वडा रहेको लेकवेशीमा वडाध्यक्षकोे लागि ४९ जनाको उम्मेदवारी दर्ता हुँदा खुला सदस्य ९७, दलित महिला सदस्य ४६ र महिला सदस्यका लागि ५० जनाले उम्मेदवारी दर्ता गराएको योगीले नेपालीरैबारलाईजानकारी दिए ।

सिम्ता गाउँपालिका
८ वडा रहेको सिम्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि चार/चार जनाको उम्मेदवारी परेको छ । ८ जना वडाध्यक्षका लागि ३३ जना भिड्ने भएका छन् । खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नारायण सापकोटाले नेपालीरैबारलाई जानकारी दिए ।

चिङ्गाड गाउँपालिका
६ वटा वडा रहेको चिङ्गाड गाउँपालिकामा अध्यक्ष पाँच र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ भने, ६ जना वडाध्यक्षका लागि लागि २५ जनाले उम्मेद्वारी दर्ता गरेको उपेन्द्रकेशर खनालले बताए । चिङ्गाडमा खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यमा २७ जनाको उम्मेदवारी दर्ता भएको हो ।

बराहताल गाउँपालिका
१० वडा वडा रहेको बराहताल गाउँपालिका विभिन्न पदका लागि एकसय ९५ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका लागि सात जना र उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । १० जना वडाध्यक्षका लागि ४५ जनाले दावी पेश गरेका छन् । यस्तै खुला सदस्यमा ६८, दलित महिला सदस्य ३२ र महिला सदस्यमा ३७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले नेपालीरैबारलाई जानकारी दिए ।

चौकुने गाउँपालिका
७ वटा वडा रहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि दुई सया २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चौकुने अध्यक्ष र उपाध्यक्षमा साता/सात जनाको उम्मेदवारी परेको छ । सात जना वडाध्यक्षका लागि ५४ जनाको दावी परेको निर्वाचन अधिकृत सरोजनिधी वाग्लेले जानकारी दिए । खुला सदस्यमा ८१, दलित महिला सदस्य ३६ र महिला सदस्यमा ३९ जनाको उम्मेदवारी दर्ता भएको वाग्लेले नेपालीरैबारलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया