दैलेखको ठाटीकाँध–४ मा भिरबाट लडेर पुरुषको मृत्यु

सुर्खेत । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–४ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । घाँस काट्न जादै गर्दा भिरबाट लडेर पुरुषको मृत्यु भएको हो ।

स्थाीयका अनुसार मंगलबार साँझ घर नजिकैको गौथैली झड भन्ने ठाउँमा भिरमा घाँस काट्न जादा खसेर बेपत्ता भएपछि उनको खोजी कार्य गर्दा बुधबार बिहान ६ बजे मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा ठाटीकाँध–४ का २८ वर्षीय धनबहादुर कठायत रहेका छन् ।

तपाईको प्रतिक्रिया