खड्काद्वारा मानवसेवा आश्रममा सहयोग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ का उपेन्द्रबहादुर खड्काले मानवसेवा आश्रममा सहयोग गरेका छन् । मंगलबार खड्काले मानव सेवा आश्रम सुर्खेत शाखामा आश्रम गरिरहेका व्यक्तिलाई समयोग गरेका हुन् ।

उनी विगत लामो समयदेखि सामाजिक कार्यमा संक्रिया रुपमा पनि लागेका छन् । खड्काले मंगलबार आश्रममा रहेका सबै बेसहारालाई भोजन गराएका हुन् ।

खड्का नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वीरेन्द्रनगर नगरपालिकाको मेयर उम्मेदवारी दर्ता समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया