समाजवादीबाट महाबैको उपाध्यक्षमा पुष्करको उम्मेदवारी

सुर्खेत । कालिकोटको महाबै गाउँपालिका उपाध्यक्षमा समाजवादीबाट पुष्कर शाहीले उम्मेदवारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट युवा नेता शाही (सुर्जन)ले महाबैको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

सानै उमेरदखि राजनीतिमा होमिएका शाही हाल २९ वर्षका भए । उनी जिल्ला भरकै पालिका उपाध्यक्षमा कान्छो उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया