छोरी पराई घर हुँदाको त्यो क्षण

चरीत्र उपाध्याय ।  हिजो सम्म वच्चा जस्तै जिद्दी, घमण्डी र जे भन्यो त्यहि पुर्याउनु पर्ने मेरो मायालु बहिनी आज अर्कैको नयाँ घर, नयाँ सन्तान र नयाँ भेष भुषामा सजिदै जन्म घरलाई छाड्र्दै पराइ घर जादैछिन् । कहिले बहिनी, कहिले दिदी भन्दै जिस्काउदै झगडा गर्दै मिठोमिठो खाने कुरा सफासुदर वातावरण र एउटा थालि ३ पटक सम्म धोयर खान खाने मेरी वैनी आज अरुका झुठा थालका थुप्रा धुदैछिन् होला ।

हिजो अस्ती सम्म सानै छिन् भन्दै गर्दा छिमिकिले बुढिसकिस् कहिले विहे गर्छिस् भन्दा रिस उठाएर गाली गर्ने तिमी आज साचीकै अर्काको दुलहि भइ नौलो संसारमा जादैछौ है ! त्यो समय जति बेला दादाको विहे भएपछि मात्र म विहे गर्छु भन्थयौ थाहँ छ ? हामि कति झगडा गथ्र्यौ त्यति मात्र कहाँ हो र दिशा गर्न जादा पनि सँगै गएर हातले दुरी कायम गरेर गथौँ । त्यति मात्र नभइ जुमल्याहा जस्तै भएर हुर्केका हामी विरामी हुदा पनि सँगै विरामी भई मर्ने सम्म भएका थिएम औलो ज्वरो भनेर भन्थे बुढा पाखाले तर टाइफाइड रहेछ करिव १४÷१५ दिन थला परेका थिएम । र त्यस्तो बेलामा पनि रिस उठ्दा झगडा गर्न छौडेनम् है हामिले ? जमीनको सिमा मिच्दाको जस्तै युद्द हुन्थ्यो है ? हाम्रो केहि कुरा बाड्दा खेरी, तेरो वढि मेरो कम भन्दै आमाले लुकाएर राखेको अध्यारो त्यो खाट भित्रको दहि र घ्युलाई चोरेर खादाको त्यो मिठो रोटिको बुझो अझै मुखमा लाग्छ । गोरु पाला, घोडि पाला जान्न म तहिँ जा भन्दै झगडा गर्दाको त्यो मिठो क्षण ताजै छ ।

आमाले हरेक कामलाई अड्तो लगाई वनपाखा जाँदा वित्तिकै भागेका हामी बेलुका खाना खादा खेरी मात्र घरमा आउदाको त्यो नमिवठो सम्झना पनि कति मिठो भएर सम्झेको छु । दाई भाई र तिमी एक भएर म सँग झगडा गर्दा खुट्टामा चप्पल नलगाई कुटेर धारा, खेत, देवलतिर भागेको सम्झना झन झलझली आँखामा आउन्छ । उपन्यासले पनि नपुग्ने हाम्रो त्यो विगत लाखौ सम्झना ताजा हुदै मनसपटलमा झलझली तव आउन थाले जव तिमी एक्कासी भागेर गइछौँ ।

क्याम्पस विदा हुँदा २० मिनेट देखि २१ मिनेट ढुलो नगर्ने मेरो वहिनी त्यो दिन दिेउसको दुई वज्दा पनि घर नफकिर्दा र अघिल्लो दिन “जेर्वा व्याग छ दाई मेरो कपडा लथालिङग भए जेर्वामा मिलाएर राख्छु” भनी भनेको पनि याद आयो र फोन गेरे तर सम्पर्क हुन सकेन अनि अनेकाँै कुरा मनमा खेल्न थाले एक दुई दिन घर वाहिर एक्लै भएर नवसेकि मेरी वहिनीले आझ यति ठुलो निर्णय गर्नलाई कति पटक सम्म सोचे होला, कति आँट गर्दै, अगाडि बढ्द,ै सोच्दै पछाडि हट्दै, गरेर अन्तिम निर्णय लिन कति कठिनाई भयो होला है ? सानो–सानो कुरामा मलाई साधेर मेरो सल्लाह लिने मान्छे त्यो दिन कति गाह्रोे भयो होला कसलाई सोधेको थियौ होला भन्दै अनेकौँ कुरा सोच्दै मन भारीभारी भयो । तर पनि के गनु समय रितीरीवाज र परिस्थितिले परिर्वतन गर्दो रहेछ र वाध्यताले गर्नै पर्ने रहेछ । कुरा काट्ने समाज, आरोप लगाउने साथीसंगी समयानुकुल नबुझ्ने उमेर र कन्यादानलाई सवथोक मान्ने बुवा आमा सवैलाई समर्पण गदै एउटा वाटो त रोज्नै पर्ने रहेछ ।

दानहरुमध्यमा कन्यादान भनेको सर्वउत्कृष्ट दान हो जसरी भएपनी म गोडो धोएर पठाउनु छ भन्ने बावाको वाक्यलाई पुरा गर्नलाई लागि परियो र विहेको दिनलाई हेराउदा वैशाख ५ गतेका दिन परेकाले अनेकौँ तयारी गर्दै विहेको दिन सम्म पुगियो । दिनको करिव चार पाँच वजे तिर जन्तीको आगमन भयो ।

६० भन्दा वढि जन्तिको साथमा झिलीमिली झल्कियएका ठिक्कको मोटोघाटो अनुहारमा चिटीक्क सिँगार पटार गरेर सजिएका अन्दाजि ५ फिट वढिका अग्ला मेरा ज्वाईसाप पनी एउटा नौलो नाता जोड्नलाई आईपुगे । जन्तिलाई पानी , कुर्शो, हिलो, रंग आदि फाल्ने चलनको सट्टा स्वागतम गेटमा केहि कन्यालाई राखेर अविर सहित दुवोको गुच्छा दिएर स्वागतम कायक्रम सम्पन्न गरियो । घरको खलामा ५ खम्वाको खामा ठोकेको विचमा मण्डप र छेउमा दुइटा कुर्सि राखेको र त्यसमै अगाडि एयटा टेवल, कुर्सिमा ज्वाई सावलाई राखीे गहुँ गोरो शरिरमा रातो सारी पहिरेर चिटिक्क परेकी पातली अग्ली , चिम्से आँखा भएकी शिव की पार्वती जस्तै मेरी वैनीलाई दाजुले वोकेर ल्याउनु भयो र कुर्सिमा वसाल्नु भयो ।

विहे सुरु हुन थाल्यो २ जना माइती पक्षका व्रामण र २ जना पोइली पक्षका व्राहमणले लग्नपाठ सुरु गर्न थाले फुलेको कपाल, गाला भित्र पसेका, दाँत पनि केहि झरीसकेका बुढा ६५ वर्ष नागीसकेका हाम्रा बाबाले सेतो पद्धुनी पुनेर अनेकौ पाठ पुजा गर्दै कन्यादान दिनलाई मण्डवमा विधी गर्दै हुनुहुन्थ्यो मण्डपको एक ठाउमा वाजा वजिरेका थिए, त्यस्तै मुगलेरिले गालामा हात लगाएर मागल गाउँदै छन्, व्राहमणले संख ध्वनी वजाउदै पुजा विधि अगाडि वढ्दै छ । करिब रातीको २÷३ बजेको थियौ कन्यादान सुरु भयो ।

सेतो पद्धुनी पुनेका कोछ्या लगाएका हाम्रा वावाले एक वाहुलो निकाल्दै वैनी ज्वाइको खुट्टा धुदै पाउँको पानी चाक्दै चाउरी परेका ति आखाँ बाट आँसुका तप तप थोपा झार्दै हुनुहुन्थ्यो त्यो समय अतिनै फरक थियो त्यसै गरी आमाले पनि सुरु गर्नु भयो र अँगालो हाल्दै “छोरी मेरी छोरी, सातनाला दुधका धारा कहिले पनि कम्जोर नहुन छोरी” भन्दै अनेकौ कहानी कहल्दै गर्दा मेरो मन थाम्न नसकेर म पनि भक्कानी रुन थाने करिव सवैको आँखामा आँसु थियो त्यसो गदै सवैले गोडा धुनुभयो र विहानको पाँच बजेतिर कन्यादान सकियो र व्यहुला पक्षको विहे सुरु भयो अनेकौ वाचा बन्धन र प्रेरणालाई समाल्दै गायत्री मन्त्र सुनाउदै नयाँ नाम नयाँ गोत्रमा परिणत गर्दै सिन्दुर हालेर वैनी अव कसैको नयाँ जात र गोत्रमा परिणत भइन ।

संस्कार संकृत परम्परालाई समाल्दै अव कन्यालाई विदाई गरि सातभाइको साथमा पुगाउन जान पर्ने भयो र दिउसको ११ बजेतिर घरवाट तयारी भइकी कमलको पत्र जस्तै झलक्क टल्कीयकी वहिनी घर छाडेर अर्काको घरमा जादाको समय साच्चिकै भावुकमय भएको थियो । धेरैका आँखामा आाँसु थिए कतिपयका आँखा रसायका थिए कतिपय लुकी लुकी रोइरहेका थिए, मैले आँखा बन्द गर्दै घुक्क घुक्क गरिरेहेको थिए ढिला भइसकेको थियो वेहुलीलाई बाेक्नलाई म तयारी भएर ढोका वाहिर उभिएको थिए भित्रवाट निक्लेको ओहिरो र आमाहरुले सातनाला दुधलाई सम्झाउनका लागि अन्तिम पटक छाती खोल्दै दुध चुसाएको त्यो समयले अझ धेरै भावुक बनाएको थियो । र मैले रुदै घुक्क घुक्क गर्दै वहिनीलाई वोके र दाइले ज्वाई वोकेर पञ्चवाजा सहित शिवालयको मन्दीर वरीपरि घुमाउदै पुगाउन लाग्दा वैनीको साथीहरुले वेहुललिाई समाती राखे, साथ छुटाउन केहि खर्च दिन पर्ने चलन अनुसार वेहुलाका भलाद्मी र वेहुलीका साथीहरु विच व्राकेनिङ चल्यो ।

केहि समय पछि एक अर्कामा कुरा मिलाएर वेहिुलीलाई जन्ति पक्षले. बोकेर रुदै रुदै पछेउरी ताल हल्लाउदै विदाईको संकेत देखाउदै आफ्नो वाटो तिर लागिन । करिब ३ किलोमिटर जति टाढा जादा सम्म आमाले हेर्दै बरबर आँसु खसाल्दै हुनुहुन्थ्यो अन्तिममा रुदै घर फर्किनु भयो । उज्वल बर्ष २०७९ सुरुवात सँगै वसन्त क्रृतुको मौनताको साथमा सुरुवात भएको तिम्रो त्यो दामपत्य जिवन सुखमय आरमदाई र संस्कारी वुहारी भएर सफल घरको प्रतिनिधित्व गर्नु प्रिय मेरो वहिनी ज्वाइ दुवै जनालाई वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना । प्यारो दाई चरीत्र उपाध्याय (माल दाई)

तपाईको प्रतिक्रिया