पत्रकारहरुलाई पारिश्रमिक नदिनुमा मिडिया मालिक नै दोषी

सुर्खेत । पत्रकारहरुको न्युनतमा पारिश्रमिकमा मिडिया मालिक नै दोषि रहको एक कार्यक्रमा सहभागीले बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको श्रमजीवी पत्रकारको अवस्था, चुनौती र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

न्युनतम पारिश्रमिक निर्धारण समिति नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्यवयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमा पत्रकारहरुको पारिश्रमिकका विषयमा गम्भीर कुराहरु उठेका थिए । कर्णाली प्रदेशभरबाट सहभगाी पत्रकाहरुले मिडिया मालिकहरुले सबै प्रकारका समाचारमा काम गर्न लगाउँने महिनामा पारिश्रमिक दिँदा भोली–भोली भन्दै टारेको, समाचारदातालाई समाचार लेख्न लागउँने मालिकले भने रकमको डिल गर्ने र पैसा असुल्ने तर, समाचार तयार गर्नेलाई कुनै पनि कुरा थाहा नहुने जस्ता विषयहरु उठेका थिए ।

यस्तै, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले पत्रकारले काम गर्ने मिडियाबाट नियुक्ति पत्र र न्युनतम पारिश्रमिक अनिवार्य लिएर मात्रै काम थाल्नु पर्ने बताइन् ।

उनले सहभागी पत्रकारहरुबाट उठेका प्रश्नहरुको जभाव दिँदै कतिपय पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ उसको खातामा हाल्ने पछि गएर सिस्टम मिलाउनका लागि पत्रकारलाई आफ्नो खाताबाट पैसा निकाल्न लगाइ मालिकले लिने गरेका उदारण धेरै रहेको बताइन् ।

यस्तै, अध्यक्ष खड्काले स्थायी र अस्थायी रुपमा काम गर्ने पत्रकारहरुको पारिश्रमिकका विषयमा समस्या भएको बताइन् । उनले भनिन्, ‘स्टिन्जर र स्टोरिको आधारमा पत्रकारहरुलाई काम गर्ने लगाउँने पछि गएर तलब नदिँदा त्यस्ता पत्रकार धेरै नै मर्कामा परेकाका छन् । साथै न्युज बेस अनुसार काम गर्ने पत्रकारहरुले पारिश्रमिक नपाउँदा उनिहरुको धेरै जसो मिडियाले समयको वर्वाद गरेका छन् ।’

यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष च्रक केसीले यस कार्यक्रममाले कर्णाली प्रदेशका पत्रकारलाई रिपोर्टिङमा धेरै सहज हुने र यस्ता प्रकारका कार्यक्रम महासंघले समय–सयममा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया