निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षामा छलफल

सुुर्खेत । निशुुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार शिक्षाका लागि विश्वव्यापी सप्ताह २०२२ को सन्दर्भमा निशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षामा लगानी विषयक छलफल भएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोग गैह्रसरकारी संस्था महासंघ नेपाल प्रदेश समितिको समन्वय र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।

 स्थानीय तहको निर्वाचनमा शिक्षालाई प्राथमिकता दिई घोषणापत्रमा समावेश गर्न ध्यान आकर्षण गर्ने र निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षाका लागि शिक्षामा लगानी अभिवृद्धिका लागि पैरवी गर्ने उद्देश्यले संचालित सो कार्यक्रममा नागरिक समाजका २५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता गैह्रसरकारी संस्था महासंघ नेपाल प्रदेश समितिका इन्चार्ज घनश्याम के.सीले गरेका थिए ।

कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सुर्खेतका संयोजक भूपेन्द्रप्रसाद कडेलले गरेका थिए । कार्यक्रममा वातावरण सुधार समाजका जगत के.सी, इन्सेकका नारायण सुवेदी, वामका चमेली जि.सी., सुन्दर नेपाल संस्थाका प्रविण नेपाली लगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया