एमाले वीरेन्द्रनगरको चुनावी प्रतिबद्धता

नगरबस सञ्चालनदेखि सुर्खेत विमानस्थल विस्तारको सभ्याव्यवता अध्ययनसम्म

सुर्खेत । एमालेको वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन प्रतिबद्धता २०७९ सार्वजनिक भएको छ । स्थानीय सरकारले एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा भन्ने मुल नारा साथ एमाले वीरेन्द्रनगर नगर कमिटिले निर्वाचन प्रतिबद्धता २०७९ सार्वजनिक गरेको हो ।

नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको मयेरमा मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा निलकण्ढ खनाल चुनावी मैदानमा होमिएका छन् । एमाले वीरेन्द्रनगरका उम्मेदवार सँगै अन्य नगर कमिटि तथा अन्य नेता तथा कार्यकर्ताको सभागितामा शनिबार बिहान निर्वाचन प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

उक्त निर्वाचन प्रतिबद्धता अनुसार वीरेन्द्रनगर नगर क्षेत्र भित्रका सडकहरुको स्तरोन्नती गरि नगरबस सञ्चालनदेखि उपयुक्त स्थानमा सुर्खेत विमानस्थलको सभ्याव्यवता अध्ययन गरिने उल्लेख गरिएको छ ।
यस्तै, हालको नगरपालिकालाई उपमहानगरपालिका बनाउँनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास, वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारमा योजना निर्माण गरिने, रत्न राजमार्गदेखि दक्षिणतर्फ क्षेत्रको बाटोको क्षेत्रधिकार तोकी सकड कालोपत्रेर स्तरोन्नतिमा व्यवास्थापन गरिने एमाललेले जनाएको छ ।

यस्तै, हालको सिटी बसपार्क विस्तार गरि सञ्चालनमा ल्याइने, वीरेन्द्रनगर नगर क्षेत्रभित्र निर्माण हुने भौतिक पूर्वाधारको दिगोपनका निम्ति निर्माण सामाग्रीहरुको गुणस्तर परीक्षण गर्न सिभिल ईन्जिनियरिङ्ग ल्याव स्थापना गरि सोको सञ्चालन, विद्युतिकरण हुन नसेका विभिन्न वडाका क्षेत्रहरुमा विद्युतलाई विस्तार गरि वत्ति बाल्न सहज बनाउँने जस्ता योजना एमालेले अगाडी सारेको छ ।

यस्तै, अटो ग्यारेज जस्ता उद्योगहरुलाई निश्चित क्षेत्र तोकी उक्त क्षेत्र भित्र मात्र व्यवसाय सञ्चालन गर्न व्यवस्थापन गरिने, वीरेन्द्रनगरमा निर्माधिन सम्पूण सडक निर्माणमा तिव्रतादिँदै संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिने, वीरेन्द्रनगरको सिटिसेनिटेसन गुरुयोजनालाई आधार मान्दै बजार क्षेत्रको ढक निकास बनाउँने साथै साँझेदारी निकाय सहरी विकास मन्त्रालय, नगर विकास कोष, दातृ निकाय लगायतको सहयोगमा संघन सहरी विकास कार्यक्रम अघि बढाउँने जस्ता योजना एमाले वीरेन्द्रनगरले अगाडी सारेको छ ।

तपाईको प्रतिक्रिया