कर्णाली प्रदेशका केहि स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना

काठमाडौं। आज (शनिबार) देशभरजसो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। वर्षाका साथ चट्याङ र हावाहुरीको पनि सम्भावना छ। ‘आज हिजो (शुक्रबार) भन्दा अलि बढी वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्, ‘साथै हावाहुरी पनि अलि बढी आउने सम्भावना छ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समतल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ।

जसका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। यस क्रममा प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

तपाईको प्रतिक्रिया