वीरेन्द्रनगरमा २५ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)

सुर्खेत। स्थानीय तह निर्वाचनका लागि गत आइतबार र सोमबार मनोनयन दर्ता गरेका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।  वीरेन्द्रनगर नगरपालिकाका २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका चिन्तामणी शर्मा पौडेलले नाम फिर्ता लिएका छन् ।

यस्तै, नगरप्रमुखमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नगर उपप्रमुखप पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी रामकुमारी थापा र दिपेन्द्र ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरि, ईश्वरी प्रसाद सापकोटा-(वडा नं. १६ वडाअध्यक्ष), दिपेन्द्र राना (सदस्य), गोपीलाल ढकाल (सदस्य), भगवानप्रसाद जैशी (सदस्य), शेरबहादुर सिंह (सदस्य), कल्पना शाही (सदस्य), ओमप्रसाद शर्मा (सदस्य), विनोदकुमार सापकोटा (सदस्य), गणेश कुमार गोदार (सदस्य), भक्तबहादुर आले (सदस्य), बखतबहादुर शाही (वड नं. ९ अध्यक्ष), झुपलाल चपाई (सदस्य), भक्तबहादुर थापा (वडा नं. ४ अध्यक्ष), प्रकाश अधिकारी (वडा नं.३ अध्यक्ष), नेत्रमणी शर्मा (सदस्य), रामबहादुर गौतम (वडा नं. २ अध्यक्ष), प्रेमबहादुर बयलकोटी (वडा नं. २ अध्यक्ष), रमेश कुमार पौडेल (सदस्य) र सागर कुमार थानी (सदस्य)ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया