वीरेन्द्रनगरमा स्वतन्त्र उम्मेदवारले कुन–कुन चुनाव चिह्न पाए ?

सुर्खेत । वीरेन्द्रनगरमा मेयर र उपमेयरमा दुई–दुई जना स्वतन्त्र उम्मेदवार छन् । यी उम्मेदवारले शनिबार आ–आफ्नो चुनाव चिन्ह पाएका छन् ।

स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मेयर–उपमेयरका उम्मेदवारले चुनाव चिह्न पाएका हुन् ।

स्वतन्त्रबाट मेयर पदका उम्मेदवार भीमप्रसाद शर्माले (खानेपानीकाे धारा) चुनाव चिह्न पाएका छन् भने अर्का उम्मेदवार उमानन्द पंगालीले (मुढा) चुनाव चिह्न पाएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगरका सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार उपमेयर पदका उम्मेदवार अनिल ढकालले पनि (मुढा) चुनाव चिह्न र उपमेयरका अर्का उम्मेदवार भोजप्रसाद चपाईले (गुलाबको फूल) चुनाव चिन्ह पाएका छन् ।

(सच्याईएकाे : वीरेन्द्रनगर नगरपालिका मेयर (प्रमुख) पदका लागि स्वतन्त्रबाट उम्मेद्वारी दिएका भिमप्रसाद शर्माकाे चुनाव चिन्ह खानेपानीको धारा हुनुपर्नेमा टाईप मिस्टेकहुँदा अनेर्था हुन गएकाेले सच्याईएकाे छ । – सम्पादक)

तपाईको प्रतिक्रिया